राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिकको हितसँग जोडिएका नीतिगत तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बर्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताउनुभएको छ । मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गर्नुभएको हो ।
विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा दोषी बनाइएका सदस्य सचिवसहित तीनै जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले डा. थापासहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।
नवलपुरको सदरमुकाम कावासोती–१, बालुवाडाँडामा बनेको दर्शनटुप्पो (भ्यु टावर) रक्सी (दारु) खाने अखडा बनेको छ । छ वर्षअघि निर्माण सुरु भएर ६८ लाख रुपियाँमा तीन वर्षअघि बनेको भ्यु टावर सञ्चालनमा नआउँदा दारु खाने अखडा बनेको हो । टावर निर्माणको काम सकिए पनि सञ्चालन गर्ने निकायको अभावमा भवन लथालिङ्ग छ । “वडालाई सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ । रेखदेख नहुँदा भ्यु टावरको गेटमा लगाएको तालासमेत फोडेर माथिल्लो तला दारु खाने अखडा भएको छ,” कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले भन्नुभयो ।
डिजेल र मट्टितेलको भाउ दुई रुपियाँको दरले घटेको छ । भोलि बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेपछि नवलपुर प्रहरीले बस्नेतलाई पक्राउ गर्नका लागि अदालतसमक्ष अनुमति मागेको थियो ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गर्नुभएको छ।
पोखरा उपत्यकाको मुख्य खानेपानी आयोजना स्तरोन्नति जारी रहँदा लामो खडेरी लागेपछि खानेपानी अभाव भएको छ।
किंग्स लाउन्ज काठमाडौँले पारा तेक्वान्दो स्टार पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ । किंग्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र सिईओ तथा लाउन्जका डाइरेक्टर कुमार गुरुङले पलेसा र उहाँको प्रशिक्षक कविराजलाई सम्मान पत्रबाट सम्मान गर्नुभएको हो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा एक महिलाको शव फेला परेको छ।
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । धुलिखेल खेल मैदानमा मङ्गलबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ४–१ गोलले हराउँदै आर्मीले उपाधि जितेको हो ।
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । धुलिखेल खेल मैदानमा मङ्गलबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ४–१ गोलले हराउँदै आर्मीले उपाधि जितेको हो ।
काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ सानोपोटामा मङ्गलबार मध्याह्न भएको आगलागीबाट १५ घर जलेर नष्ट भएको छ । मङ्गलबार बिहान बारीमा काँडा जलाउने क्रममा हावाहुरी आइ आगो महादेवटार सामुदायिक वनहुँदै बस्ती प्रवेश गरेपछि गाउँमा आगलागी भएको हो ।
प्रहरीले अपहरण तथा शरीर बन्धक कार्यमा सङ्लन्न अजिम अलि र एम डी सनी अलाही दुई जनालाई पक्राउ गरेको छ।
कीर्तिपुर नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यका व्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।