मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान झापाबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भई राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
श्रमिकको ‘एकता, वीरता र सङ्घर्ष’ को प्रतीकको रूपमा मनाइने मे दिवसको ऐतिहासिक महत्व छ । श्रमिकको मर्यादित काम र मर्यादित जीवन यापनका लागि विभिन्न देशमा श्रमिकको हक अधिकारलाई सुनिश्चित गर्न संवैधानिक एवं कानुनी प्रबन्धहरू भएका छन् तर श्रम आन्दोलनको डेढ सय वर्षको इतिहासलाई हेर्दा अझै पनि श्रम शोषण जारी
अमेरिकन डलर देखाएर ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ३ का डिलबहादुर भण्डारीलाई अमेरिकन डलर देखाएर ठगी गर्न लागेको आरोपमा पक्राउ गरेको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार मनाइँदै गरिएको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
एउटा समय थियो, टेलिशृङ्खला हेर्न टेलिभिजनमा झुम्मिने । रामायण, महाभारत, चन्द्राकान्तालगायत सयौँ टेलिशृङ्खलाले दर्शकलाई लट्ठै पाथ्र्यो । जनैको साँचो, कालीगण्डकीको तिर, तिलहरी, मेरीबास्सै, हिजोआजका कुरा, तितोसत्य, १५ गते, १२ बजे, ख्वटाबजीलगायत थुप्रै टेलिशृङ्खलाको सम्झना टेलिभिजनका दर्शकले अझै गर्दै छन् । अब त्यो कथा बन्यो । बदलियो दर्शकको रुचि । प्रविधिको द्रुत विकाससँगै दर्शकको रोजाइ बनेको छ, वेभ सिरियल । सामाजिक, पारिवारिक र हास्यमिश्रित वेभ सिरिजको बाहुल्य नेपाली समाजमा छ । वेभ सिरिज अर्थात् ओटिटी (ओभर दी टप) प्लेटफर्म नेपालमा लोकप्रिय बन्दै गएको छ । नेपाली वेभ सिरिज ‘डियर लभ’ सन् २०१९ मा ओटिटी माध्यम ‘आइफ्लिक्स’ मा पहिलो पटक प्रदर्शन भएको थियो ।
कवि दुर्गालाल श्रेष्ठको नेपाल भाषा गीत ‘घाः जुयाः जक ख्वैगु खः’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । महर्जन रत्न निर्देशित उक्त गीतमा एनएम म्युजिकको प्रस्तुति रहेको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसमविज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
१. संयुक्त राष्ट्रसङ्घले ‘क्लाइमेट प्रोमिस’ (जलवायु प्रतिज्ञा) २०२५ कहिले सुरु गरेको हो ? विसं २०८१ वैशाख ११ – यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्न संयुक्त विश्वव्यापी प्रयास हो । – राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको नेतृत्वमा यो पहल सुरु भएको हो । – यसले सामाजिक सञ्चार माध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निकायसहितका सरोकारवालालाई जलवायु अनुकूलनका मुद्दामा एकीकृत गर्ने छ ।
लगानीकर्ता आकर्षित हुने आधार १. नेपालमा लगानीका लागि स्वदेशी तथा विदेशी निजी लगानीकर्ता आकर्षित हुने आधारहरू प्रस्तुत गर्नुहोस् । विकासोन्मुख मुलुकमा सार्वजनिक वित्तको सीमितता र विकासका असीमित आवश्यकताबिचको असामञ्जस्यता सम्बोधन गर्न निजी क्षेत्रको लगानीको महत्व उच्च रहेको छ । नेपालले व्यक्त गरेका आर्थिक समृद्धिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्कल्पहरू पूरा गर्न आवश्यक स्रोत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट जुटाउन सरकारले नीतिगत, कानुनी तथा प्रक्रियागत सरलीकरण गर्दै आएको छ । यस सन्दर्भमा नेपालमा लगानीका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित हुन सक्ने आधारहरू यस प्रकार छन् : – संविधानले स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका
तेस्रो लगानी सम्पन्नपछि नेपालस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा ‘पोस्ट इन्भेस्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ । मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एमआइसिसिआइए) र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी रहेको सो कार्यक्रममा ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुनलगायतको विषयमा छलफल भएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली निर्यातकर्तालाई चीनको भन्सार र क्वारेन्टाइन प्रक्रिया सहजीकरण गर्न आग्रह गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष महामहिम श्री लाङ फुकुआनबिच मङ्गलबार भएको भेटमा उद्योगमन्त्री भण्डारीले सो आग्रह गर्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।