वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको तेस्रो खेलमा जितका लागि नेपालले दुई सय २८ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको बताउनुभएको छ । दाङको भालुवाङमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ ।
बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती-बस्तीमा सडक पुगेका छन् तर ग्रामीण क्षेत्रबाट बसाइसरेर बजार झर्नेको सङ्ख्या घटेको छैन ।
व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ्ग लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उहाँ अहिले तरकारी व्यापारमा लाग्नुभएको छ ।
गत केही दिनयता नेपालगन्जमा अत्यधिक बढेको गर्मी र नियमित चलिरहेको तातो हावा लु का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ। बिरामी हुनेमा बालबालिका सबैभन्दा बढी छन् ।
रोजेको मन्त्रालय नपाएपछि नेकपा (एमाले) का नेता विनोदकुमार शाहले मन्त्रीको शपथ लिन अस्वीकार गर्नुभएको छ ।
एक सय ३५ औं विश्व मजदुर दिवसका अवसरमा बेनीमा मजदुरहरुले र्याली निकालेका छन् । मजदुरहरुले ट्रेड युनियनको झन्डा, बाजागाजा र झाँकीसहित बजारमा र्याली निकालेका हुन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महोत्तरी जिल्लाको मटिहानीको जरलहवा आगलागी बस्तीका बालबालिकाहरूलाई झोला तथा स्टेशनरी वितरण गरिएको छ ।
सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिका-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।
वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन गरिएको छ ।
उपत्यका व्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा बुधबार काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच फुटबल प्रतिस्पर्धा हुँदैछ ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका-६ ताकुकोटमा रहेको सुर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरू सृजनशील शुक्रबारे कार्यक्रम अन्तर्गत दुना टपरी बजाउन सिक्दै कमाउँदै आयआर्जन गर्न थालेका छन् ।
अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि आयोजना आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाले क्रिकेट टोलीको घोषणा गरेको छ ।
सङ्घीय सांसद जाबेदा खातुनले विद्यालयमा लैङ्गिक मैत्री शिक्षा, सरसफाइ, पर्याप्त शौचालय र छात्रालाई सेनेटरी प्याडको उपलब्धतामा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।