प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ।
निधारमा दाम्लोको दाग साक्षी छ, उहाँ मजदुरी गर्नुहुन्छ । दिनभरी पाखुरा खियाएपछि मात्रै उहाँको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले एक सय ३५औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा बिसीलाई मजदुरी नगरी सुख्खै थिएन । सधैँ झैँ कम्मरमा पटुकी बेरेर उहाँ इँटा, बालुवा र ढुङ्गा बोक्न जानुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले परनिर्भर र आयातमुखी अर्थतन्त्रलाई नबदली समृद्ध देश बन्न नसक्ने औँल्याउनुभएको छ।
डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभई नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशनको तयारी तीव्र छ । जिल्ला अधिवेशनको मिति नजिकिएसँगै एमाले जिल्ला कमिटीले तयारी तीव्र पारेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय फस्टाए मात्र रोजगारी प्राप्ति र श्रम अधिकार स्थापित हुने बताउनुभएको छ ।
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा चुनौतीपूर्ण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भएको हो।
तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहनुभएको थियो । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्नुहुन्थ्यो ।
सुनसरीको रामधुनी जङ्गलमा बुधबार लागेको डढेलो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले चीनले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन चाहेको बताउनुभएको छ ।
कैलालीको कैलारी गाउँपालिका-३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गर्न सक्नुभएन ।
सुनसरीको इनरुवामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट प्रहरीको निधन भएको छ।
कालीकोट जिल्लामा किसानले लगाएको गहुँवाली खडेरीले सुकिरहेका बेला रास्कोट नगरपालिका वडा नम्बर ९ को थोल्म जिउलो भने हरियो देखिन्छ ।