• ४ पुस २०८२, शुक्रबार

जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ४ गते । जगदीश घिमिरे प्रतिष्ठानले दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा गरेको छ । २०८१ सालको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको साहित्यकार पवन आलोकलाई प्रदान गरिने निर्णय गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभयो । 

सो पुरस्कारको राशि ५१ हजार नगद रहेको छ । उक्त पुरस्कार आगामी माघ महिनामा प्रदाने प्रतिष्ठानकी संरक्षक दुर्गा घिमिरेले जानकारी दिनुभएको छ ।