धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ ।
आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।
यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी–२ मा नेपाली कांग्रेसबाट १५ जना उम्मेदवारका आकाङ्क्षी देखिएका छन् ।
जाजरकोटमा एक महिनामा १४ मुद्दा दर्ता, ७ सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार पछिल्लो एक महिनामा जिल्लामा १४ वटा मुद्दा दर्ता भएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
भारतीय पर्यटकलाई देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका मन्दिर र शालग्राम संग्राहलयको महत्त्वबारे पर्यटकलाई जानकारी गराइएको छ ।
वरिपरि सबै तिर सुख्खा भिर । भिरकै बिचमा एक खोच, खोचमा सानो ओडार अनि ओडार भित्र गाइका थुन झैँ देखिने पत्थर र पत्थरबाट निरन्तर रसाइरहेको पानी ।
दाङको लमहीमा निर्माण भइरहेको ट्रमा सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वपश्चिम राजमार्गछेउमै बन्न लागेको उक्त सेन्टर राप्ती उपत्यका तथा दाङ देउखुरी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेको उपचार सहज बनाउने उद्देश्यसहित निर्माण गर्न थालिएको हो ।
गोरखा सदरमुकामनजिकै रहेको गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर विद्यालको प्रवेशद्वारअगाडिको सडक अत्यन्तै दयनीय अवस्थामा पुगेको छ । गोरखा सदरमुकामबाट प्रसिद्ध गोरखकाली मन्दिर, भीमसेन पार्क, नारेश्वर, बेनीखोला, सिरानचोक, अजिरकोट, भीमसेन थापा गाउँपालिका र आरूघाट गाउँपालिका जाने मुख्य सडक खाल्टाखुल्टीले भरिएको छ । एक वर्ष बितिसक्दासमेत सडक मर्मत नहुनु गोरखावासीका लागि चिन्ताको विषय बनेको छ ।
सौराहामा बाघ गणनासम्बन्धी दुईदिने तालिम लिएपछि १५० जना गणक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम खण्डमा खटिएका छन् । मङ्गलबार र बुधबार तालिम लिएका गणक तथा प्राविधिकको टोलीले पर्सा र चितवन राष्ट्रिय निकुञ्जको १३ स्थानबाट एकै पटक गणना सुरु गरेको हो ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५का अधिकांस घरका मूल ढोकामा ताल्चा झुन्डिएको छ ।
बागमती प्रदेश सरकारले आफू र अन्तर्गत रहेका सार्वजनिक निकायको भौतिक सम्पत्तिको खोजी गर्ने भएको छ । प्रदेश सरकार र अन्तर्गत रहेका सार्वजनिक निकायको भौतिक सम्पत्ति खोजी गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा एक समिति रहने गरी प्रस्ताव गरिएको छ ।