मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ ।
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा शुक्रवार दिउँसोसम्म नेपालगन्ज बिमानस्थल बन्द रहेकोले हवाई उडान अवरुद्ध भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
गोरखाको अजिरकोट गाउँपालिका–१ स्थित क्हेचो गाउँमा अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्थापन सम्बन्धी तालिम सुरु भएसँँगै ग्रामिण पर्यटन विकासको नयाँ ढोका खुलेको छ ।
गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उहाँ रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उहाँको शव मङ्सिर २० गते पनाहखोलामा भेटिनुभएको थियो ।
धनकुटामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रको आँपको ब्लक विकास कार्यक्रमका अन्यौलमा परेको छ ।
कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी साधनको गति जाँच गर्न ‘राडार स्पिड गन’को प्रयोग गर्न थालेको हो ।
आगालागी क्षति व्यहोरेका पुतलीबजार नगरपालिका –१० सुम्रेखोलाका शालिकराम अर्यालको परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले सहयोग प्रदान गरेको छ ।
तनहुँको सदरमुकाम दमौलीस्थित व्यस्त गणेशमान चोकमा रहेको ‘गणेशमान सिंह पार्क’ लाई ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि पुनर्निर्माण गर्न थालिएको छ ।
जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् ।
नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको पहिचान बनाएको कमला नदीमाथिको पुल सुविधा, सम्भावना र स्थानीय सरकारको उपेक्षाबिच कमजोर बन्दै गएको छ ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका – ६ ताकुकोटस्थित चुच्चेढुङ्गा – दारिमबोट खेतमा सिँचाइ गर्न कुलो निर्माण गरिएको छ ।
चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ-१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक बगाएपछि पहिरो नियन्त्रण गर्न थालिएको हो ।
उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरिएको छ ।
धनकुटा नगरपालिका–९, मूलघाटस्थित तमोर नदीमा सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले भारवहन सामान लैजान अन्डरपास निर्माणको काम गरिएको छ । आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डरपास निर्माणको काम भइरहेको हो ।