• ४ पुस २०८२, शुक्रबार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, पुस ४ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०९ पैसा र बिक्रीदर १४४ रुपियाँ ६९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ९५ पैसा र बिक्रीदर १६९ रुपियाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपियाँ ४० पैसा र बिक्रीदर १९३ रुपियाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ २२ पैसा र बिक्रीदर १८१ रुपियाँ ९८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ २१ पैसा र बिक्रीदर ९५ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ५२ पैसा र बिक्रीदर १०४ रुपियाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ६२ पैसा र बिक्रीदर ११२ रुपियाँ ०८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर ३८ रुपियाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ५४ पैसा र बिक्रीदर ३९ रुपियाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २३ पैसा र बिक्रीदर ३९ रुपियाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ २६ पैसा र बिक्रीदर ३५ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४९ पैसा र बिक्रीदर १५ रुपियाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६१ पैसा र बिक्रीदर २२ रुपियाँ ७१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५२ पैसा र बिक्रीदर १८ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपियाँ २० पैसा र बिक्रीदर ४७१ रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ १७ पैसा र बिक्रीदर ३८३ रुपियाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ २५ पैसा र बिक्रीदर ३७५ रुपियाँ ८१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस