वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
खाडी मुलुकमा दुःख गरेर युवाहरूले कमाएको अर्बौँ रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । यसरी ठगिने सायौ युवाहरू बाँकेमा रहेको पीडितहरूले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको हक, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी रहेको बताउनुभयो ।
स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो ।
विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालिस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ । सिदिङ्वा गाउँपालिका –३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई सर्पले डसेर घाइते हुनुभएको हो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश सभा र प्रदेश सरकार गएको वर्ष ऐन निर्माण सुस्त मात्र होइन, कमजोरसमेत साबित भएको छ । यहाँ एक वर्षमा एउटा मात्र ऐन निर्माण भएको छ । कानुन निर्माणमा पछिल्लो समयमा
नेपालगन्जमा अनुमति प्राप्त बिना सञ्चालनमा आएको एउटा पुस्तक पसललाई कारबाही गरिएको छ । कारबाही स्वरूप उक्त पसललाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ ।
वर्षाको समयमा नदी नाला तथा विभिन्न खोलाहरूमा आउने बाढीले बर्सेनि ठुलो जनधनको क्षति पुर्याउँदै आएकाले सो क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरीले बाँकेको अगैयास्थित राप्ती नदीमा जलउत्पन्न प्रकोप कृत्रिम उद्धार अभ्यास गरेको छ ।
लोप हुन लागिसकेको चौरीलाई हेलम्बु गाउँपालिकाले संरक्षणका काम थालेको छ । पछिल्ला समय चौरी र याकको सङ्ख्या घटिरहेकोले त्यसलाई बढाउन उक्त गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याई चौरी र याक संरक्षणमा लाग्ने सो गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
दोलखाको शैलुङमा निर्माणाधीन शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटक बाक्लिन थालेका छन् । प्राकृतिक दृश्यावलोकन र सुन्दरता
गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
तराईको सुगम जिल्ला भए पनि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ विकट बस्तीमा बसोबास गर्ने स्थानीय भने वर्षौंदेखि समस्याग्रस्त दैनिकी गुजार्न बाध्य छन् । भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा रहेका यहाँको चुरेपाखाका बस्तीमा बस्ने स्थानीय सडक, बि