विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वाभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो, विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वाभाविक हुन्छ नै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्सपर्ट ग्रुप अस्ट्रेलियाबिच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताउनुभएको छ ।
धादिङ जिल्ला रोराङ गाउँपालिका–५, विशालटारमा अवस्थित चन्द्रोदय माध्यमिक विद्यालय सामुदायिक विद्यालयमा अब्बल मानिएको छ । काठमाडौँबाहिरको यो विद्यालय पठनपाठन र भौतिक संरचनाको दृष्टिले पनि अन्य सामुदायिक विद्यालयलाई उछिनेको छ । यो विद्यालयलाई काठमाडौँका नाम चलेका निजी विद्यालयभन्दा कम छैन । भौतिक संरचना र यहाँको वतावरण सबैलाई आकर्षित पार्ने खालको छ । पछिल्लो समय यहाँ विद्यार्थीको अत्यधिक चाप पनि बढिरहेको छ । अहिले ८८६ जना विद्यालर्थीले अध्ययन गर्दै आएका छन् । विसं २०१६ मा न्यून विद्यार्थी सङ्ख्यास
मुगुको सदरमुकाम पछिल्लो पटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएदेखि दैनिक बेलुकाको लोडसेडिङले नागरिकले सास्ती खेप्नु परेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तरसरकारी वित्त परिषद्को नवौँ बैठकमा प्रदेश सरकारका तर्फबाट सङ्घीय सरकारलाई ठुला आयोजना प्राथमिकतामा राखिदिन सुझाव पेस गर्नुभएको छ । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले सो सुझाव पेस गर्नुभएको हो । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता थियो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलाई पुत्री शोक परेको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पूर्व मन्त्री श्रीपालीका माइली छोरी सङ्गीता श्रीर्पालीको मङ्गलबार निधन भएको हो ।
दुर्लभ वन्यजन्तु हाब्रे (रेड पान्डा) को खोजी गर्न जिल्लाको बारेकोट गाउँपालिकाका सामुदायिक वनमा क्यामरा जडान गरिएका छन् । गाउँपालिका वडा नं. ३ मा रहेको फूलबारी खाली सामुदायिक वन र वडा नं. ४ स्थित ढोटाचौर सामुदायिक वनमा क्यामरा जडान गरिएका छन् ।
धनुषाको नकटाझिजमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राती २ बजे मिथिला नगरपालिका–२, नकटाझिजस्थित ढल्केबर–जनकपुर सडक मार्गमा बिग्रिएर रोकिराखेको ट्रिपरमा पछाडिबाट मोटरसाइकल ठोक्किएको हो ।
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक रहेको बताउनुभएको छ ।
कैलालीको भजनी नगरपालिका–७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको पुरैना ताल ब्युँताउन थालिएको छ । ७९.२१ हेक्टर जमिनमा फैलिएको सो ताल ब्युँताउने प्रयास गरिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुनर्निर्माणका लागि आठ वटा जेसिबीबाट तालको १० फिट चौडाइ र पाँच फिट उचाइको तीन हजार पाँच सय मिटर ड्याम निर्माण कार्य सुरु गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताउनुभएको छ ।
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैँले कक्षा ८ को परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका जाँच गरेर नतिजा प्रकाशित गरेको छ । गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी १२ सामुदायिक र दुई संस्थागत गरी १४ विद्यालयका कक्षा ८ मा अध्ययनरत २३० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ७४ जना मात्र उत्तीर्ण भएका छन् । तीमध्ये दुई वटा विद्यालयको नतिजा शून्य छ । गाउँपालिकाले हालै मात्र आधारभूत शिक्षा परीक्षा २०८० सालको नतिजा सार्वजनिक गरेको थियो ।
दाङको राजपुर गाउँपालिका–७, हाडबास निवासी ७० वर्षीय तिला योगी दुई दिनदेखि त्रिपालमुनि बास बस्दै आउनुभएको छ । जङ्गलमा लागेको आगोले राप्ती नदीको बगर हुँदै राजपुर गाउँपालिका–७, हाडबास बस्तीमा पसेर २४ घर खरानी बनेपछि योगी परिवार बारीमा त्रिपाल टाँगेर बस्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ ।