हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गर्नुभएको छ । सङ्घ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गर्नुभएको हो ।
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ।
सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठुलो क्षति भएको प्रहरीले जनाएको छ ।
म्याग्दीको सदरमुकाम बेनीनजिक रहेको पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहमा एक महिनाअघि भएको दम्पती हत्या घटनाका आरोपी दुई जना पक्राउ परेका छन् ।
काभ्रेका मिलन लामा र ललितपुरका रुपेश जैसवाल नवौँ वीर गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक जनाको मृत्यु भएको छ। सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको हो।
बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिवसँग मङ्गलबार छलफल गर्नुभएको छ ।
सरकारले सोमबार काठमाडौँमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा उठान भएका महत्त्वपूर्ण विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ ।
ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा जैविक विविधताबारे प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गर्ने भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
सांसदहरूले आगामी आर्थिक वर्षको बजेट खेल पर्यटन, परम्परागत सीप विकास, बन्द भएका उद्योग सञ्चालनलगायतमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेशसभा सदस्य टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ ।
भारतमा काम लगाइदिन्छु भन्दै ठगी कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका-४ का सन्तोष थापालाई विभिन्न मितिमा भारतमा राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।