शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस ३ गते । नेपालको पहिलो अंग्रेजी दैनिक दि राइजिङ नेपाल दैनिकको ६० औँ वर्षगाँठको अवसरमा तीन जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ ।
दि राइजिङ दैनिकको वार्षिकोत्सव तथा गोरखापत्र संस्थानको बहस कार्यक्रम ‘गोर्खापत्र’ डिस्कोर्स समारोहमा उहाँहरुलाई सम्मान गरिएको हो । दि राइजिङ नेपालका पत्रकार मोदीनाथ ढकाल, मञ्जिमा ढकाल, किशोर बस्याल सम्मानित हुनुभएको हो ।
यसै अवसरमा दि राइजिङका तीन पूर्व सम्पादकलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा अजय राना, युबनाथ लम्साल र विजयलाल श्रेष्ठ सम्मानित हुनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यावद, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार र पूर्व प्रधान सम्पादकलाई सम्मान अर्पण गर्नुभएको हो ।









