बेरूत(लेबनान), पुस ३ गते । इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा आक्रमण गरेको लेबनानको सरकारी मिडियाले जनाएको छ ।
सन् २०२४ नोभेम्बरको युद्धविरामको बावजुद इजरायल र लडाकू समूह हेजबुल्लाहबिचको एक वर्षभन्दा बढीको शत्रुता अन्त्य हुने अपेक्षा गरिएको थियो, यद्दपी इजरायलले लेबनानमा आक्रमण जारी राखी पाँच वटा दक्षिणी क्षेत्रमा सेना राखेको छ । लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीले दक्षिण र पूर्वका पाहाडी क्षेत्रमा थुप्रै आक्रमण भएको रिपोर्ट गरेको छ ।
इजरायली सेनाले इरान समर्थित समूहका सदस्यका लागि हेजबुल्लाहले प्रशिक्षण र पाठ्यक्रम सञ्चालन गर्न प्रयोग गरेको सैन्य परिसरसहित लेबनानका धेरै क्षेत्रमा आतंककारी पूर्वाधार स्थललाई लक्षित गरेको बताएको छ । इजरायली सेनाले केही समय अघि, आईडीएफले दक्षिणी लेबनानको ताइबेह क्षेत्रमा हेजबुल्लाह आतङ्ककारीलाई आक्रमण गरेको थियो ।
आगामी शुक्रबार संयुक्त राज्य अमेरिका र फ्रान्सलगायतको सहभागीतामा युद्धविराम अनुगमन समितिको बैठक तय भएको छ । मंगलबार बेरुतबाट ३० किलोमिटर दक्षिणमा इजरायली आक्रमणमा दुई जनाको मृत्यु भएको थियो । लेबनानमा युद्धविराम सम्झौता लागु भएदेखि इजरायली आक्रमणबाट करिब ३४० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै एएफपीले जनाएको छ । रासस/एएफपी