अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रीय कार्यालय सुनसरीले साहित्य र पत्रकारिताका माध्यमबाट समाजमा योगदान पुर्याएबापत गोरखापत्र दैनिकका इनरुवा समाचरदाता जयकृष्ण यादवलाई सम्मान गरेको छ ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका उहाँले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताउनुभएको छ ।
अफगानिस्तान मानवीय सङ्कटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ हरेक महिना ६० लाख मानिसहरूलाई खाद्यान्न र नगद वितरण गरिरहेको खामा प्रेसले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।
गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आइतबार विशेष बैठकको आह्वान गरिएको छ ।
इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार केही बेर अघिबाट मत गणना सुरु भएको हो ।
सुनसरीको वराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले स्थापना गरेको ‘स्वर्णिम साहित्य पुरस्कार’ बाट दुई जनालाई सम्मान गरिएको हो ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्षदेखि संविधान सभाका सदस्य हुनुभएका ओमप्रकाश शर्माले वीरगन्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थाल्नुभएको छ ।
बझाङ क्षेत्र नम्बर १ मा शनिबार भएको प्रदेश सभा (क) उपनिर्वाचनको मतगणना कार्य आइतबार दिउँसो १ बजेबाट हुने भएको छ ।
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ ।
हात्तीको आक्रमणबाट झापाको मेचीनगरमा एक जना वृद्ध घाइते भएका छन् ।
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका १२ खेतापाता भन्ने स्थानमा गिट्टी बोकेको रा १ त २९५९ नं को जिप दुर्घटनामा परी सोही वडाका ४२ वर्षीय खडक बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् ।