दुई वर्ष खाडी मुलुक साउदीमा बसेर पसिनाको मूल्य बुझेका बर्दगोरिया गाउँपालिका २ दोधराका चुन्नु कठरियाले नेपाली माटोमै सुन फलाउने अठोटका साथ कृषि कर्ममा लागेको एक दशक भइसक्यो ।
श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालय मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले बताउनु भएको छ ।
भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा विजय दिवस समारोहलाई विशेष बनाउँदै हरेक वर्ष एक अर्काका युद्धका दिग्गज तथा सेवारत अधिकारीलाई सहभागिताका लागि आमन्त्रण गर्ने परम्परा कायम राख्दै आएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
उत्तरी भारतको एक्सप्रेस वेमा मङ्गलबार बाक्लो कुहिरोको बिचमा सात वटा बस एक अर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।
जाडोयाम सुरु भएसँगै बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा उखु पेलेर रस निकाल्ने र त्यसबाट गुड उत्पादन गर्ने कार्य सुरु भएको छ।
सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसा योग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाट युरोपेली सङ्घ (इयु)को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यमाथि दबाब बढ्दै गएको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले नगरपालिकामा रहेका किसानहरुलाई लक्षित गरी अनुदानमा उन्नत जातका गहुँका बिउ तथा हिउँदे घास वितरण सुरु गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा ३ भट्टेका किसान कृषक कर्णबहादुर वलीलाई गड्यौला मल पुर्याउनै मुस्किल परेको छ ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनको चौथो दिन आज मतदान हुनेभएको छ । अपरान्ह ४ बजेपछि मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताउनुभयो ।
नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जिल्ला सदरमुकाम खलङ्गास्थित गल्फैमा रहेको जिल्ला अस्पताल दार्चुलाको निर्माणाधीन भवनको निर्माण कार्यमा ढिलाइ भएपछि बिरामीलाई सेवा दिन समस्या भएको छ ।
चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि छनोट भएका लमजुङका चार वटा मतदानस्थल सवारी साधनको पहुँच बाहिर रहेका छन् ।