नेपाल र वेस्ट इन्डिज ए बीच आज पनि प्रतिस्पर्धा हुँदै छ । खेल मध्याह्न सवा १२ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार म्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।
गुल्मीमा मलामी बोकेको पिक अप गाडी दुर्घटना भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिकाको रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा पिक अप दुर्घटना हुँदा १२ जना घाइते र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको एक सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । स्थानीय पृथ्वीनारायण माध्यमिक विद्यालयमा चालु शैक्षिक वर्षबाट अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो । विद्यालयले सरोकारवालाहरूसँग छलफल गरेर पहिलो वर्ष कक्षा शिशु र कक्षा १ बाट अङ्ग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने गरी भर्ना अभियान चलाएको छ ।
धरानलाई लागुपदार्थ दुर्व्यसनहित सहर बनाउन हरेक शुक्रबारलाई सुधारबार भनी सुरु गरिएको सचेतना कार्यक्रम एक सय हप्ता पुगेको छ । सो अवसरमा नगर प्रमुख हर्कराज राईको नेतृत्वमा बृहत् र्यालीसहित नाटक कार्यक्रमको आयोजना गरियो । लागुऔषध प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । पछिल्लो समय धरान लागुऔषधको प्रयोगकर्ताको केन्द्र जस्तै बन्न थालेको छ । यो सामाजिक समस्यालाई न्यूनीकरण गर्न सचेतना अभियान कार्यक्रमको सुरुवात गरिएको नगर प्रमुख राईले बताउनुभयो । धरानलाई लागुपदार्थरहित बनाउनका
बझाङ १ (१) उपनिर्वाचन २०८१
उपनिर्वाचन २०८१ (मतगणना) इलाम– २
खेतमा लगाउने गहुँको बिउ किन्न अर्को गाउँ पुगेका बेला तिर्खा लागेर पानी माग्दा फुन्नी बादीलाई घर ठेगाना र जात सोधियो । स्टिलको लोटामा पानी दिने तयारी गर्दा बादी थर सुन्नेबित्तिकै सो लोटा फिर्ता लगेर प्लास्टिकको भाँडामा पानी पिउन बाध्य बनाइयो । पाटन नगरपालिका–६, परिवर्तिन नाम बयलबाटा टोलकी फुन्नी बादीले जातकै कारण अपमानित हुनुपरेको तितो अनुभव पाटन नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक कमलसिंह बोहोरालाई सुनाउनुभएको हो ।
कैलालीको टीकापुर नगरपालिका–६, नारायणपुरका ३३ वर्षीय टीकाराम चौधरी कामको खोजीमा पहाड उक्लिनुभएको १५ वर्ष बित्यो । पहाडका युवा कामको खोजीमा तराईलगायत सहरमा झर्दा उहाँ भने २०/३० जना कामदारको समूह नै बटुलेर पहाड उक्लिने गर्नुहुन्छ । १८ वर्षको उमेरदेखि सहयोगी कामदारका रूपमा पहाड चढेका चौधरी घर बनाउने दक्ष मिस्त्रीका रूपमा चर्चित हुनुहुन्छ । पहाडी क्षेत्रमा कङ्क्रिटको ठुलठुलो भवन निर्माणमा उहाँको विशेष दक्षता रहेको छ ।
हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योग लिमिटेड जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीय बासिन्दाको मागको सुनुवाइ र समस्या समाधान गर्न समिति गठन गरिएको छ । उद्योगले सिमेन्ट उत्पादनका क्रममा कोइलाको सट्टा प्लास्टिकजन्य वस्तु प्रयोगमा ल्याएको आरोप लागेको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।
मुलुकको तीव्रत्तर विकासको अभिप्रायले सरकारले गर्दै आएको बाह्य तथा आन्तरिक लगानीकर्ताको दुईदिने सम्मेलन आज काठमाडौँमा प्रारम्भ हुँदै छ । विसं २०७३ र २०७५ मा गरिएका दुई वटा लगानी सम्मेलनपछि ढिलो गरी आयोजना गरिएको तेस्रो सम्मेलनलाई मुलुकको समृद्धि यात्रामा कोसेढुङ्गा साबित गराउन सरकारले पूर्ण तयारीका साथ ‘सोकेस’ आयोजना सम्मेलनमा प्रस्तुत गरिने छ । एक वर्षअघिदेखि नै तयारीमा जुटेको सरकारले तेस्रो लगानी सम्मेलनलाई सुस्ताएको मुलुक
विश्व अहिले आकाशतिर फर्किएका ‘स्काई क्रापर’ हरूको होडबाजीमा छ । सरकारले बनाउने यस्ता घर न्यून छन् । उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका लागि औद्योगिक र व्यापारिक स्थल, त्यसका लागि आवश्यक जनशक्तिको बासस्थानका लागि त्यस्ता घरले निजी क्षेत्रको लगानी आकाङ्क्षालाई एकत्रित गरिरहेका छन् । जहाँ लचिलो र सस्तो श्रम छ, जहाँ पूर्वाधार सहजता छ, यातायात खर्च वा लजिस्टिक लागत कम छ, बजार पहुँचसँगै शासकीय सहजता छ त्यहाँ लगानी थुप्रिने गरे
यतिबेला मुलुकभरि ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान–२०८१ चलिरहेको छ । वैशाख २ गतेदेखि २० गतेसम्मको विद्यार्थी भर्ना अभियानमा बालबालिकालाई विद्यालय पठाउन आह्वान गर्दै र कामको जिम्मेवारी निर्धारणसहित कार्ययोजनासमेत बनाइएको छ । विगतमा पनि यस्तै अभियानसहित तमाम कार्ययोजना, कार्यनीति र लक्ष्य निर्धारण गरिएका थिए । विगतदेखिका भर्ना अ