• २ पुस २०८२, बुधबार

वैदेशिक रोजगारीमा ठगी गरेका प्रतिवादी २७ वर्षपछि पक्राउ

blog

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), पुस २ गते ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरेको छ ।

वैदेशिक रोजगारी ठगी मुद्दामा जिल्ला अदालत स्याङ्जाले २०५५ साल जेठ २५ गते फैसला सुनाएसँगै फरार रहेका पुतलीबजार नगरपालिका–९ का ७० वर्षीया कृष्ण कुमारी गुरुङलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । अदालतले गुरुङलाई ९९ हजार १५० रुपियाँको जरिवाना तिराउने फैसला गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अप्रेशन टोलीले गुरुङलाई पक्राउ गरी जरिवाना भुक्तानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।