सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी भोक्राहा परिसरमा बर्थिङ्ग सेन्टर(प्रसूति गृह) भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको एक सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुगरेको छ ।
प्रेस काउन्सिल नेपालले सिधा कुरा डट कमका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा तथा कान्तिपुर मिडिया प्रालि.का अध्यक्ष कैलाश सिरोहियालाई जोडेर लेखेको समाचार भ्रामक भएको भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो ।
डढेलोले यहाँ सामुदायिक र सरकारी वनजङ्गल सखाप पार्दै आएको छ । सुख्खायाम र आगलागी हुँदा समुदायले वर्षौँदेखि जोगाएका वनजङ्गल नासिँदै गएका छन् ।
इलामको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिलालाई दिइएको छ ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिनुभएको छ ।
भारतको १८ औँ आम निर्वाचनको दोस्रो चरणमा १३ राज्य र केन्द्र शासित प्रदेशका ८८ निर्वाचन क्षेत्रका लागि शुक्रबारदेखि मतदान सुरु भएको छ ।
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा आज बिहान १० बजेसम्म ७.५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान १० बजेसम्म चार हजार ६३२ मतदाताले मतदान गरेका छन् ।
आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिले दश बजे सम्ममा २० प्रतिशत मत खसेको छ । जिल्ला भर शान्तिपूर्ण मतदान प्रक्रिया चलिरहेको भए पनि अहिलेसम्म २० प्रतिशत मात्र मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो ।
इलाम नगरपालिका– ५ मा रहेको मतदान केन्द्रमा पाँच जना किरियापुत्रीले मतदान गर्नु भएको छ ।
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा आज बिहान ८ बजेसम्म २.५ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो कुराको पुष्टि गर्नु भएको हो ।
निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि भेरी कोरिडोर अन्तर्गत जाजरकोटको तल्लुवगरको बेलिब्रिज निर्माण अलपत्र रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई वैशाख २० गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस भव्य रूपमा मनाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत चैत ३० गतेको निर्णय अनुसार ७५३ वटै स्थानीय तहलाई सूचना प्रविधि दिवस मनाउन मन्त्रालयले शुक्रबार परिपत्र गरेको हो । स्थानीय तहले सूचना र प्रविधिसँग सम्बन्धित सचेतना र जानकारीमूलक कार्यक्रम गर्न मन्त्रालयले स्थानीय तहलाई गरिएको परिपत्रमा उल्लेख गरिएको छ ।