• २९ मङ्सिर २०८२, सोमबार

थाई सेनाको हवाई आक्रमणमा १२ जनाको मृत्यु

blog

नोम पेन (कम्बोडिया), मङ्सिर २९ गते । थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको सार्वभौम क्षेत्रमा प्रभाव पर्नुका साथै १२ जा नागरिकको मृत्यु भएको कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

थाई सैन्य बलले उत्तरपश्चिम कम्बोडियाको सिम रिप प्रान्तको विभिन्न स्थानमा आफ्नो हवाई आक्रमण विस्तार गरेको मन्त्रालयले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।  

थाइल्यान्डसँगको सीमा द्वन्द्व चर्किदै जाँदा मृत्यु हुने कम्बोडियन नागरिकहरूको सङ्ख्या बढेको र ७४ जना घाइते भएको कम्बोडियाको आन्तरिक मन्त्रालयका प्रवक्ता टच सोखाकले सोमबार पत्रकार सँगको साक्षातकारमा बताउनु भएको छ ।  

यसैबीच, कम्बोडियामा विस्थापित व्यक्तिहरूको सङ्ख्या  चार लाख तीन हजार नाघेको जनाइएको छ । 

कम्बोडियाको रक्षा मन्त्रालयको राज्य उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले आइतबार देखि सोमबार सम्म थाई सैन्य बलले कम्बोडियाको क्षेत्रमा धेरै स्थानहरूमा तोपको गोलाबारी जारी राखेको बताउनु भएको छ ।  

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर–७ देखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् । रासस, सिन्ह्वा