• २९ मङ्सिर २०८२, सोमबार

कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषि मन्त्री परियार

blog

काठमाडौँ, मङ्सिर २९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

ललितपुरमा आज आयोजित ‘नेपाल फुड फोरम–२०२५’ को उद्घाटन सत्रमा उहाँले व्यवसायीकरण र प्रतिस्पर्धी बजारको विकासमा देखिएका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।

 उहाँले कृषि व्यवसायलाई संस्थागत गर्ने, ग्रामीण अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र नेपालभर दिगो विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “कृषि लगानी दशक (२०२४–२०३४) को घोषणा मार्फत प्रदर्शित सरकारको प्रतिबद्धतालाई पनि दोहो¥याउन चाहन्छु, जसको उद्देश्य कृषि वित्तपोषण बढाउने र संरचनात्मक आर्थिक रूपान्तरणलाई तीव्र पार्ने हो, यस दशकको दृष्टिकोण र उद्देश्यहरूलाई अगाडि बढाउन सरकार तयार छ ।” 

मन्त्रालयले प्रभावकारी स्रोत परिचालन र लगानी बढाउन बलियो अन्तर एजेन्सी सहकार्य र साझेदारीको महत्त्वमा जोड दिँदै उहाँले कृषि खाद्य प्रणालीमा नवीनता, जलवायु स्मार्ट खेती, उद्यमशीलता, र प्रविधि सञ्चालित रूपान्तरण मार्फत, हामी कृषिलाई नेपालको आर्थिक विकासको मुख्यधारामा दृढतापूर्वक ल्याउन सक्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । रासस