धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा धरान १५ बस्ने ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको वताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भोलि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुन २० मा सकिन लागेकाले रिक्त हुने पद्का लागि निर्वाचन गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ ।
चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ ।
कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौँ हार खेपेको छ ।
बाहिङ जाति अल्पसङ्ख्यक जातिमध्ये एक हो । राष्ट्रिय तथ्याङ्क २०७८ अनुसार छ हजार पाँच सय ४७ जाति र भाषा वक्ताको रूपमा १४४४९ रहेको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको विनयीत्रिबेणी गाउँपालिकाको त्रिवेणी ब्यारेजको पुलबाट खसेर एक जनाको ज्यान गएको छ ।
दाङमा केही दिनअघि तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बसले दुधरासमा स्कुले बालकलाई ठक्कर दियो । भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत सागर चौधरीको घटनास्थलमै मृत्यु भयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेको मधेश प्रदेशलाई विभागीय टोली नेपाल पुलिस क्लबको नमिठो झट्का लागेको छ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि सेवा उपलब्ध हुनेछ ।
‘प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव-२०८०’ आजदेखि सुरु भएको छ ।