प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो ।
भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको भाग्यरेखा मानिएको हो ।
धादिङकाे नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्याएबापत आफ्ना चारजना संरणकर्मीलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेण्ट) कम्पाला घोषणा पत्र पारित गरेको बताउनुभएको छ ।
नेपाली कवितामा विम्ब, प्रतीकहरूको प्रयोग यथेष्ट मात्रामा हुँदै आएको पाइन्छ । विशेषतः आधुनिक कालखण्डमा नेपाली कविताको पदार्पण भए यता विम्ब, प्रतीकहरूको प्रयोगको क्रममा अझै गतिशीलता एवं व्यापकता
आफूमा भएको कलालाई दुर्गमता, विकटता र दुरदराजले रोक्न सक्दैन भन्ने भनाइ चरितार्थ गर्दै छिन खार्पुनाथ गाउँपालिका–४, नल्ना गाउँकी शर्मिला शाही । उमेरले १५ वर्ष पुगेकी शाही अहिले उक्त वडामा रहेको जिल्लाकै नमुना माध्यमिक विद्यालयमा पर्ने सीता माविको कक्षा १० मा अध्ययनरत रहेकी छन्
पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, “अर्को वर्ष दर्शकले चाहेजस्तो खेल प्रदर्शन गर्नेगरी उपाधि जित्नेगरी आउनेछौँ ।”
युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
सोइना दाहाल भानुभक्त मेमोरियल स्कुल, पानीपोखरीमा कक्षा ८ मा पढ्छिन् । सानै उमेरमा सोइनाले बालसाहित्यको क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकी छिन् । उनी अत्यन्तै राम्रो बोल्ने, भाषण कलामा प्रखर छिन् । उनका धेरै प्रस्तुति हामीले युट्युबमा पनि हेर्न सक्छौँ । बालसाहित्यका विधिध आयाम समेटिएका उनका केही उत्कृष्ट पुस्त
अहिले ११ वर्षको हुनुभयो सुरज पहाडी । उहाँ भक्तपुरको निस्ट स्कुलमा ६ कक्षामा अध्ययनरत हुनुहुन्छ । उहाँ पढ्नमा अब्बल हुनुहुन्छ । कक्षा नर्सरीदेखि नै प्रथम हुँदै आउनुभएका सुरजलाई विद्यालयले छात्रवृत्ति दिने गरेको छ । विद्यालयले कक्षामा प्रथम हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
राणाकालीन समयमा घोडा राख्न बनाइएको तबेलामा बस्दै आएका कैदीबन्दीलाई भौतिक पूर्वाधारमा सुधार नहुँदा समस्या भएको छ । दिनप्रतिदिन कैदीबन्दी थपिँदै जाँदा अहिले २५ जना बस्न मिल्ने कारागारमा आठ महिला र ८५ पुरुष कैदीबन्दी बस्न बाध्य भएका छन् । कैदीबन्दीलाई राख्ने भवन जीर्ण हुँदा कैदीबन्दीलाई थप समस्या परेको छ । कारागार प्युठानका निमित्त प्रमुख सूर्यबहादुर पन्तले क्षमताभन्दा बढी र पुरानो भवनले उनीहरूको व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।
युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कनुभएको छ । उहाँ भर्खरै ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।
म्याग्दीको विकट बस्ती धवलागिरि गाउँपालिका–१, गुर्जालाई सडक सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सडक योजना कार्यान्वयन थालिएको छ । उक्त सडक योजनाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश र गाउँपालिका गरी करिब छ करोड रुपियाँ बजेट खर्च गरिने भएको हो । लुलाङदेखि गुर्जासम्म करिब ३० किलोमिटर दुरी पर्दछ । सडक योजना अघि बढेपछि गुर्जावासीमा मोटर चढ्ने आशा पलाएको छ ।
दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्डविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो ।
रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका–१४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको थियो । झन्डै दुई महिनासम्म पनि शव आउने सम्भावना नदेखेपछि परिवारले अन्तिम संस्कार गरेको हो ।