मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आउनुभएका प्रसाईँ माथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।
झरनाको चिसो पानी... सुकेर जाँदैन, रोकेर रोकिँदैन-२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी... झरनाको चिसो पानी...
इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।
कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड-२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ ।
झापाको हल्दीबारी गाउँपालिकाले गाउँपालिका भित्र बसोबास गर्ने सबै नागरिकलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराएको छ ।
भृङ्गी-स्वर्गद्वारी-होलेरी सडकको भृङ्गी-स्वर्गद्वारी सडकखण्ड सुरक्षित बनाउन थालिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी पुग्ने यात्रुहरूको सुरक्षाका लागि सडक सुरक्षा र स्तरोन्नतिको काम थालिएको हो ।
नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको एक वर्ष पूरा भएको छ । मन्त्री शर्माले गत वर्ष माघ ३ गतेदेखि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि गुल्मीका छ स्थानीय तह छनौट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) का अनुसार जिल्लाका छ स्थानीय तहसहित सात प्रदेशकै १०४ स्थानीय तह छनौट भएका हुन् ।
सन् २०२३ मा युरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले बिहीबार जनाएको छ ।
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिन लागिएको छ ।
सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१० मा मगर सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गरिएको छ । आधुनिकताले मगर पहिचान गुम्न थालेपछि मौलिक कला संस्कृति जोगाउन सङ्ग्रहालय निर्माण गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेस्की तथा बेरुजु फर्छ्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । राखेपले गठन गरेको पेस्की तथा बेरुजु फर्छ्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो ।
जलेश्वर नगरपालिकाले बालविवाह न्यूनीकरणको लागि शिक्षक तथा विद्यार्थीहरूको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकहरूको मुख्य भूमिका रहेको ठम्याउँदै नगरपालिकाले छात्रछात्रा तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर अभिभावकहरूलाई जनचेतना जगाउने कार्यमा खटाउने जनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताउनुभएको छ ।