पुतलीबजार नगरपालिकाले नौ हजार ५२० वटा कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाका १४ वडामध्ये वडा नं –११ बाहेक सबै वडाका ९९८ जनालाई चल्ला तथा दाना वितरण गरेको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
ताप्लेजुङमा ऐतिहासिक पुसे मेला यो वर्ष पनि सञ्चालन हुने भएको छ । आगामी पुस १ देखि ५ गतेसम्म मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको संगम स्थलमा रहेको ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजारमा सञ्चालन हुने भएको हो ।
निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आइतबार विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ ।
। उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता औँल्याउनुभएको छ ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ ।
मोरङमा सञ्चालित साना तथा लघुउद्योग धमाधम बन्द हुन थालेपछि यहाँ स्वरोजगार र स्थानीय उत्पादन क्षेत्र सङ्कटमा परेको छ । आर्थिक शिथिलता र अस्थिरताका कारण नयाँ उद्योग दर्तामा भारी गिरावट आएको छ भने सञ्चालनमा रहेका उद्योग पनि बन्द हुन थालेका छन् । यसले सामान्य नागरिकको आयआर्जन र रोजगारीमा गम्भीर असर पु¥याएको छ ।
अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ ।
टिकटक र भिडियोमार्फत चर्चा बटुलेको आमपानी क्षेत्रमा पर्यटकको भिडभाड लाग्ने गरेको छ । कहिलेकाहीँ मात्र पर्यटक जाने आमपानीमा हिजोआज पर्यटक खाली हुँदैनन् । कोही अटो लिएर, कोही बसमा त कोही मोटरसाइकलमा आमपानी पुग्ने गर्छन् । आमपानी लम्कीदेखि आठ किलोमिटर उत्तरतर्फ चुरेको फेदीमा रहेको प्राकृतिक रमणीय छटाले भरिपूर्ण छ ।
स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्यसमेत निरन्तर उकालो लाग्दै गएको छ । अन्तराँष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार २०८१ मङ्सिर अन्तिम साता तोलामा एक हजार ९२५ रुपियाँ रहेको चाँदीको मूल्य बढेर अहिले तीन हजार ९०५ पुगेको छ ।
प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ ।
नोभेम्बरमा नेपालमा एक लाख १६ हजार विदेशी पर्यटक घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार नेपालमा भारतीय पर्यटकसँगै युरोपेली पर्यटकको आगमन पनि बढ्दो छ । यससँगै जेनजी आन्दोलनपछि खस्किएको पर्यटन क्षेत्रले लय समाउन थालेको व्यवसायी बताउँछन् ।
कालीकोटको दुर्गम बस्ती बद्रीगाउँको पहिचान तरकारीले फेरिदिएको छ । पहाडी भूभागमा पनि जटिल प्रकृतिको बद्रीगाउँका किसानले व्यावसायिक तरकारी खेती गरेरै आफ्नो र गाउँको मुहार फेरेका छन् । उनीहरूको मेहनतले सदरमुकाम मान्मदेखि विभिन्न सहरमा घरजग्गा जोडेका छन् ।