दाङको लमहीस्थित एक होटलमा अवैध हतियार पड्किँदा एक जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा होटल रोयल प्लेसमा कार्यरत १८ वर्षीय सिसम गौतम रहेको प्रहरीले जनाएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरमा आगलागीबाट आठ लाख बराबरको क्षति भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
न्यूजिल्यान्डले सन् २०५० का लागि ‘मिथेन उत्सर्जन’ लक्ष्य घटाउने विधेयक पारित गर्दै कृषि उत्पादनशिलता र उत्सर्जन कटौतीबिच सन्तुलन कायम गर्ने प्रयास गरेको छ ।
सिमकोट विमान स्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने कार्य रोकिएको छ ।
सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।
पाल मगर सङ्घ सल्यान जिल्ला समन्वय समिति सल्यानको नयाँ कार्यसमिति चयन भएको छ ।
नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ । दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।
नेपाली कम्युनिस्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताउनुभएको छ ।
नेकपा (एमाले)मा को ११ औं महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा सुरु भएको छ । २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र भक्तपुरमा हुने भए पनि बन्दसत्र आइतबारदेखि प्रदर्शनीमागस्थित भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
सरकारले जुम्ला निवासी लेखक तथा जनस्वास्थ्यविज्ञ माधव चौलागाईलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा वन तथा वातावरण मन्त्री बन्ने अवसर मिलेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबिच युद्ध विराममा सहमति भएको घोषणा गरे पनि थाइल्यान्डले कम्बोडिया विरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ ।
अस्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेतृ पम्फा भुसालले संविधान रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ ।