झापाको बिर्तामोड २ स्थित चार पाने चोकमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते हुनुभएको छ ।
गुल्मीको तम्घासमा सञ्चालन भएको निःशुल्क स्तन क्यान्सर परीक्षण तथा स्वास्थ्य सचेतना शिविरबाट २५१ जनाले सेवा लिनुभएको छ । डिल्ली माया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेसन काठमाण्डौको विशेषज्ञ सहयोगमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीद्वारा आयोजित शिविरमा महिला र पुरुषहरुले ब्रेस्ट क्यान्सरको परीक्षण गराउनुभयो ।
नेपाल सरकारले छिमेकी मुलुक भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेर मुलुकको समृद्धिका लागि सुनौलो ढोका खुलाएको छ । भारतका विदेशमन्त्री डा. सुब्रह्मन्यम जयशङ्करको दुईदिने नेपाल भ्रमणका अवसरमा नेपालसँग भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्झौता भएसँगै नेपालको जलस्रोतका क्षेत्रमा लगानीकर्ताको ध्यान तानिने आकलन गर्न थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गत जेठ १७ मा सम्पन्न भारत भ्रमणका क्रममा यससम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भए पनि सम्झौताले मूर्त रूप नलिने हो कि भन्ने आशङ्का अब चिरिएको छ । भारत सरकारको मन्त्रीपरिषद्ले विद्यु
राष्ट्रिय सभा सदस्यको निर्वाचन संवत् २०८० साल माघ ११ गते हुँदै छ । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित भएका कोशी प्रदेशमा महिला एक र अन्य समूहबाट एक गरी दुई जना, मधेश प्रदेशमा महिला एक र अन्य एक गरी दुई जना निर्वाचित भए । बागमती प्रदेशमा महिला एक, दलित समुदायबाट एक सदस्य, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य समूहबाट एक गरी चार जना विजयी भएका थिए । गण्ड
सार्वजनिक शिक्षा गुणस्तरीय भएन भनेर चर्चा र बहस हुनुलाई शुभ सङ्केत नै मान्न सकिन्छ । यसले समुदायभित्र रहेका विद्यालयलाई उत्तरदायी बन्न अग्रसर गराउँछ । विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । यसरी विद्यालयहरू पालिकाको पोल्टामा हाल्दैमा सुधार भइहाल्छ भन्ने ठान्नु हुँदैन । विद्यालय शिक्षाको उपलब्धि सानो कक्षाबाटै कमजोर बन्दै गएको छ । माध्यमिक तहमा पढाउने शिक्षकले तलैबाट कमजोर विद्यार्थी आए, अनि सिकाइमा उपलब्धि हुन सकेन भनेर जिम्मेवारीबाट पन्छिन पनि मिल्दैन ।
पछिल्लो समय नेपाली समाजमा जता पनि भ्वाङ परेको, फाटेको, बिग्रिएको अनि भत्किएको मात्रै देख्ने दृष्टिदोष बढिरहेको छ । सृजनशील कोणबाट यस्तो दृष्टिकोणलाई सही नै मान्नुपर्ने हुन्छ । किनभने यसले जो कसैलाई पनि बिग्रिनु, भत्किनु अनि गलत कामबाट जोगाउने गर्छ । निषेधको कोणबाट मूल्याङ्कन गर्दा वा नेपाली समाजमा यस्तो नकरात्मकताले बनाएको भाष्यलाई अध्ययन गर्दा यस्तो प्रवृत्तिले गलत संस्कार–संस्कृति निर्माण गरिरहेको छ ।
अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।”
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतमा गरेका राम्रा काम र सरकारको आगामी कार्यदिशाका सम्बन्धमा देशवासीका नाममा सम्बोधन गर्दै “सकिँदैन, हुँदैन, बन्दैन भन्ने नकारात्मक सोचलाई जरैदेखि निमिट्यान्न पार्न जरुरी रहेको” बताउनुुभएको छ । सरकारले यसबिचमा जे जति गर्नुपर्ने थियो, त्यति नगरेको होला । यसो हुनुका पछाडि पनि अनेक कारण हुन सक्छन् तर जे जति उपलब्धि हासिल भए, त्यसमा भने गर्व गर्नुपर्ने हु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो । पुस ४ गते कावासोती–१ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते हुनुभयो । पुस १९ गते कावासोती–८ का पतिराम महतो गैँडाको आक्रमणमा पर्नुभयो ।
चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अवकाश कोष स्थापना गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । कानुनमा व्यवस्था भए अनुसार प्रत्येक स्थानीय तहले अवकाश कोष स्थापना नगर्दा दीर्घकालीन दायित्व बढ्दै गएको र कर्मचारी सेवा सुविधाबाट समेत वञ्चित भएको जनाउँदै मन्त्रालयले स्थानीय तहलाई बिहीबार परिपत्र गरेको हो । मन्त्रालयको गत मङ्गलबार सचिवस्तरीय बैठकबाट निर्णय गर्दै अनिवार्य कोष सञ्चालन गर्न सबै स्थानीय तहलाई परिपत्र गर्ने निर्णय गरिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
उपन्यासकार धुस्वाँ सायमिको नाममा स्थापित दुई पुरस्कार यस वर्ष प्रदान गरिने भएको छ । उपन्यास विधामा प्रदान गरिने गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार यस वर्ष थारू भाषाका उपन्यासकार डा. कृष्णराज सर्वहारीलाई प्रदान गर्ने निर्णय भएको छ भने धुस्वाँ सायमि सिर्जना पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गर्ने निर्णय भएको छ ।
मिसेस नेपाल वर्ल्ड २०२३ का विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहबिच मिसेस नेपाल वर्ल्ड २०२३ का विजेतालार्ई विभिन्न पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हो ।