भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।
मुआब्जा नदिएको भन्दै खोटाङमा सञ्चालित एक जलविद्युत आयोजना स्थानीय नागरिकले बन्द गरेका छन् ।
कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्यान्डको सेनाले शनिबार बिहान दुई वटा एफ-१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ ।
नेकपा (एमाले) को ११ औं महाधिवेशन भक्तपुरको सल्लाघारीमा सुरु हुँदै छ । २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र भक्तपुरमा हुने भए पनि बन्दसत्र आइतबारदेखि प्रदर्शनीमागस्थित भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
युरोपेली सङ्घ (ईयु)ले शुक्रबार रूसी केन्द्रीय बैँकका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ ।
दोलखाको कालिन्चोक गाउँपालिका-८ स्थित कालिनाग माध्यमिक विद्यालय (नमुना)ले विद्यार्थीका लागि विद्यालय बस सेवा सञ्चालन गरेसँगै आवतजावत सहज भएको छ।
सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी तथा प्राइभेट स्वास्थ्य संस्थाहरूलाई दर्ता र नवीकरण गराउन आग्रह गरेको छ ।
सर्लाहीको चुरेवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा प्रहरीले साढे ३ बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध कार्यसमिति, आजिवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
“छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी ।
बागलुङलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आगामी चैत महिनालाई ‘बागलुङ भ्रमण’ महिना बनाउने भएको छ । बागलुङ नगर पर्यटन समितिले चैतलाई ‘बागलुङ भ्रमण’ महिना बनाउन तयारी समेत थालेको छ ।
बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो ।