बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठुलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर चौकबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९औँ एसियाली खेलकुद आयोजक कमिटीका उप सचिव झेङ याउसँगको भेटमा नेपालले केही निश्चित खेलमा सहकार्यको थालनी गर्न चाहेको बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताउनुभएको छ ।
अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ ।
प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता मूलपानी, कीर्तिपुरस्थित त्रिवि मैदान र भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछ ।
सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार नपाएपछि मर्कामा परेका हुन् ।
थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ । निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक र उत्कृष्ट कथा लागेकाले पनि यसको मञ्चन गर्न लागिएको बताउनुभयो ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘हाम्रो चन्द्रकोट’ नामक पुस्तक विमोचन गरेको छ । गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारीलगायतले सो पाठ्यपुस्तक विमोचन गर्नुभएको हो ।
इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले शुक्रबार बताएका छन् ।
गुल्मीमा ६० लाखको लगानीमा निर्माण भएको थ्रिडी पार्क प्रयोगविहीन बनेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीको अगाडि रहेको पार्क प्रयोगविहीन बनेको हो ।
जिल्लाको कपिलवस्तु नगरपालिकाको वडा नंं ९ केबलपुरमा एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएको विभिन्न किसिमका तरकारी बाली फलफूलको फल झर्ने, बोटका मुन्टा सुक्ने लगायतको समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो ।
नेपालको समूहमा नेपाल र नेदरल्यान्ड्सबाहेक सबै टेस्ट टोली छन् । जसमा नेपालसहित दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेको छ । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग समूह चरणको पहिलो खेल खेल्दै विश्वकपको थालनी गर्नेछ ।
लुम्बिनी प्रदेशका सांसद खेम सारुले मुलुकको अर्थतन्त्रलाई पुनर्निर्माण गरी त्यसलाई सन्तुलित बनाउने भूमिका सहकारीले पनि गर्न सक्ने हुनाले कृषि पर्यटनमा लगानी बुझाउन सुझाव दिनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्नुहुँदै उहाँले बताउनुभएको हो ।
पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ । पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो ।