पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख ५० हजार रुपियाँ ठगी गरी सम्पर्कविहीन रहेका ४३ वर्षीय सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
प्राकृतिक स्रोत साधनलाई दिगो रूपमा प्रयोग गर्ने तथा कालीगण्डकी नदीको सभ्यता र पर्यावरणलाई जोगाई राख्न कालीगण्डकी तटीय क्षेत्रका पालिकाहरू सक्रिय भएका छन् ।
‘नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिब साढे दुई करोडको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार सोमबार (आज) सम्पन्न पाँच दिने मेलामा करिब साढे दुई करोडको कारोबार र करिब २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
थाइल्याण्डको राजधानी सहर बैंककस्थित ईएससी पार्क होटलमा भएको प्रतियोगितामा मिसेस्तर्फ भेनेजुएलाकी उआंदर जिर्लेथ कासानोभा विजेता हुनुभएको हो ।
चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर मौसम बद्ली भएको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला रोगीहरूलाई निःशुल्क रूपमा मिर्गौलाको डायलासिस सुरु भएको छ । जिल्ला अस्पतालले पाँच शय्याबाट मिर्गौला प्रत्यारोपणको सेवा प्रदान गर्दै आएको छ ।
नेपाली काठको सटृृा विदेशी वैकल्पिक वस्तुलाई बढी महत्व दिँदा यहाँको व्यवसाय धराशायी बन्दै गएको वन पैदवार उद्योग व्यवसायीको गुनासो छ । उद्योगी व्यवसायीले सरकारी भवनमा पछिल्ला वर्षमा काठको स्थानमा वैकल्पिक वस्तु आल्मुनियम र पिभिसी प्रयोग बढ्दै गएकामा उनीहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ड्युटीमा रहेको प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पोखरा घुम्न आउने सबैजसो पाहुना तालबाराही मन्दिर पुग्छन् । तालबाराही पुग्ने सबैको जिज्ञासा हुन्छ, मन्दिर कहिले बन्छ ? गएको चैत तेस्रो साता भत्काइएको तालबाराहीको पुनर्निर्माण अझै सुरु भएको छैन ।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढवा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जान तयार देखिएका छन् ।
सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज -नेप्से_ परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ ।
झापा जिल्लामा नेपाल–भारत दशगजा क्षेत्रको सीमास्तम्भ अनुगमन, मर्मत तथा रङरोगन सुरु भएको छ ।