बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय गठन भइ कार्य सम्पादन सुरु गरेको सय दिन पुगेको छ । यस अवधिमा कानुनी र व्यवहारिक समस्या भोग्नुपरेको मन्त्री चित्रकारले बताउनुभयो ।
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रामा आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
बुधबार दिउँसो भिरबाट लडेर एक जना १७ वर्षीय युवतीको मृत्यु भएको छ । वनमा पशु चराउन जानेक्रममा युवती भिरबाट लड्नुभएको र उहाँको मृत्यु भएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सो क्षेत्रका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेभएका छन् ।
खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका २३ जना शिक्षक ताप्लेजुङका लागि सिफारिस भएका छन्। विज्ञान, गणितलगायत विषयका उक्त सङ्ख्यामा शिक्षकहरू स्थायी नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भएका हुन्।
इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।
निर्वाचन व्यवस्थापन विधेयक २०८० छिटो पारित गर्न सरोकारवाला पक्षले माग गर्नुभएको छ । अवको एक वर्षमा सो विधेयक संसदबाट पारित भइ कानुन नबनेमा आगामी निर्वाचन नयाँ व्यवस्थाअनुसार गर्न सम्भव नहुने उहाँहरुको बुझाइ छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्थापना गरेर सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्ना पहिलो वर्षका पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।
दयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवम् प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै रहेको पाइएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्थाको सहयोग तथा नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो । उक्त क्रममा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै देखिएको हो ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताउनुभएको छ । सधैँ धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुने उहाँको भनाइ छ ।
महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरिएको छ ।
गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ ।