कर्मचारी अभावमा जिल्लास्थित भूमि आयोगको काम सुस्त बनेको छ । आयोगका लागि आवश्यक कर्मचारी नहुँदा भूमिहीन सुकुम्बासीको समस्या समाधानमा अवरोध सिर्जना भएको आयोगका पदाधिकारीहरूले गुनासो गरेका छन् ।
सामुदायिक विद्यालयका विद्यार्थी ज्याकेट पाएपछि खुसी भएका छन् । लहान नगरपालिकाका केही विद्यालयका विद्यार्थीहरूलाई शीतलहर छल्न र नियमित विद्यालय आउने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।
व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरु भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो ।
यहाँ आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत संघसंस्थाले जलपन्छी गणना थालेका हुन् ।
बङ्गलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ ।
ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि महोत्सवको तयारी भएको छ । सुनसरीको बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा पाचौं बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका–१० सःमिल रोडस्थित हरिओम अटो मोबाइल पार्टस् पसलमा आगलागी भएको छ । स्थानीय हरिवंशप्रसाद गुप्ताको अटो मोबाइल पसलको भित्र शनिबार बिहान आगलागी भएको हो ।
कैलालीको धनगढीस्थित ६ लेन सडकमा साइकल लेन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत भन्सारदेखि धनगढी विमानस्थलसम्म साइकल लेन बनाएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बिचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग कुरा नमिलेकाले सत्ता गठबन्धनबिचमै राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।
सिमसार क्षेत्र तथा तालतलैयामा आश्रित स्थानीय र आगन्तुक चराहरुको गणना सुरु गरिएको छ । नेपालमा विभिन्न स्थानमा रहेका ती चराको अवस्था पत्ता लगाउने, गणना गर्ने काम शनिबारबाट सञ्चालनमा आएको छ ।
संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गर्नुभएको छ ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्य र विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
प्रहरीले पोखरा–८, जाल्पारोडको एक होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत घर भई काठमाडौंको शंखमुल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई पक्राउ गरेको हो ।
पाकिस्तानको केन्द्रीय बैङ्कको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ । स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो ।