गुणबहादुर रोका
सुलीकोट, मङ्सिर २७ गते । आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट ३१ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस वडा र क्षेत्रीय तहका कार्यसमितिहरुले दुई वटै क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका आकाङ्क्षीहरुको नाम सङ्कलन गरी ३१ जनाको नाम जिल्ला कार्यसमितिमा सिफरिस गरेको हो ।
गोरखा क्षेत्र नम्बर १ बाट पूर्व सांसद राजेन्द्र बजगाई, भुगोल थापा, युवराज बस्ताकोटी, जर्नादन अर्याल, प्रेम खत्री, जानुका पन्त, पूर्ण दाहाल, डिल्लीराज तिमेल्सना, चिनकाजी श्रेष्ठ र रचन परियारको नाम क्षेत्रीय समिति सिफारिस सूचीमा समावेश भएको कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताउनुभयो ।
यसैगरी, समानुपातिकतर्फ कमला लामिछाने, जगत बराम, हरिबहादुर गान्धारी, सन्तबहादुर गुरुङ, परशुराम भट्ट, ईश्वर पाण्डेको नाम सिफारिस सूचीमा परेको कांग्रेस गोरखाले जनाएको छ ।
गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ दीपक बाबु कडेल, मोहन प्रकाश पोखरेल, प्रकाश चन्द्र दुवाडी, ओम गुरुङ, बेदप्रसाद काप्री, फडिन्द्र धिताल, नबिन श्रेष्ठको नाम सिफारिस सूचीमा परेको कांग्रेस जिल्ला सचिव थापाको भनाइ छ ।
२ नम्बर क्षेत्रको समानुपातिक तर्फ शोभा अधिकारी, मनोज धिताल, इश्वरबहादुर परियार, अम्बिका न्यौपाने, सलाउदिन मियाँ र रबिकला खनालको नाम सिफारिस भएको बताइएको छ ।
दुबै क्षेत्रीय समितबाट नाम सिफरिस जिल्ला कार्यसमितमा आइसकेकाले जिल्ला कार्यसमिति गोरखाको बैठक बसी आवश्याक निर्णय प्रदेश पठाउने कार्यतालिका रहेको जिल्ला सचिव थापाले बताउनुभयो ।