चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
अमेरिकी सर्वोच्च अदालत ट्रम्पको कोलोराडो मतपत्रको योग्यता समीक्षा गर्न सहमत भएको छ । शुक्रबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोलोराडोको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहराउने निर्णयमाथि समीक्षा गर्न सहमत भएको हो ।
पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव हुनेभएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी –५, गौचरनमा पुस २८ देखि माघ १० गतेसम्म महोत्सव सञ्चालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
नेपाली कांग्रेसले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक युवाको निधन भएकोमा गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब सुरु हुने सदनको अधिवेशनमा राजधानीलगायत रोकिएका ऐन, कानुन, नीतिहरुको विषय टुङ्गो लाग्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्त्वपूर्ण सहयोग मिल्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
किसानले अहिले पनि धेरै प्रजातिका उपभोग्य वस्तुको खेती एकैठाउँ गर्ने अर्थात् परम्परागत बहुबाली खेती लगाउने गर्दछन् । खेतमा धान, आलीमा दाल–भटमास, कन्लामा कोदो र फिलुङ्गे साथै मकैबारीमा कोदो, सिमी, बोडी, मस्यामजस्ता परम्परागत बहुबाली खेती गर्ने चलन रहिआएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताउनुभएको छ ।
नेपाली सेनाले एकीकरण पदयात्रा सुरु भरेको छ । शनिबार बिहान एक कार्यक्रमका बिच यात्रामा निस्केन सैनिक टोलीलाई बिदाइ गरिएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतना पति उपरथी सन्तोषबल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च दिएर टोलीलाई बिदाइ गर्नुभएको हो ।
सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
भरतपुर महानगरपालिका–२३ मा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैँडाले आक्रमण गर्दा घैला घारीका ६० वर्षीय पूर्ण बहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनु भयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताउनुभएको छ । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैँ भाग्न सक्दैन ।
‘‘छरछिमेकका साथीभाइ धेरै पैसा कमाउने लोभमा विदेशतिर हानिएका छन् । कोही सरकारी सेवामा छन् । मैले भने सानै उमेर देखि कृषिमा भविष्य देखेँ । आफ्नै माटोमा पसिना बगाएँ ’’युवा कृषक हरिप्रसाद आचार्यले भन्नुभयो ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न दुई दिन बाँकी छ । शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । गण्डकीमा दुई सय तीस मतदाता छन् ।