मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभालाई शनिबार हेटौँडामा सम्बोधन गर्दै राष्ट्र बैंकको अर्थ नीति र गतिविधिले बैंकमा पैसा थुप्रेर बसे पनि लगानी हुननसकेको स्पष्ट पार्नुभयो।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।
बङ्गलादेशमा आगामी जनवरी ७ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिबारदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।
दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाली टोली शनिबार दक्षिण अफ्रिका पुगेको छ ।
गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरुले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरु सङ्कटमा नपर्ने बताउनु भएको छ ।
गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेशका समाचार संयोजक प्रकाशविक्रम शाह सम्मानित हुनुभएको छ। धनगढीको हिमशिखर सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभामा उहाँलाई सम्मान गरेको हो।
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-१ गोकुलेको आरुबोटमा निर्माणाधीन केन्द्रीय विद्युत प्रसारण लाइनको सबस्टेसन सुस्त गतिमा भइरहेको छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण सबस्टेसन निर्माणमा ढिलाइ भएको हो ।
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा घाँस काट्न गएकी एक महिलाको शव भेटिएको छ ।
जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो ।
सुनसरीको इनरुवामा शुक्रबार गोधूलि साँझमा गाईबस्तु लिएर झोलुङ्गे पुल तर्दै गरेका स्थानीय ।
चाँगुनारायण नगरपालिकाको १४ औँ नगर अधिवेशनले विविध विधेयक र १० सार्वजनिक महत्वका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
विशेष गरेर भारत, श्रीलङ्का, बङ्गलादेश र पश्चिमी म्यानमारमा पाइने सबैभन्दा सानो चरा झापाको मेचीनगरमा फेला परेको छ।
हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको बजेटको आकार बढेको छ । उपमहानगरको १४ औँ अधिवेशनले उपमहानगरको १३ औँ नगर सभाले पारित गरेको बजेटमा वृद्धि गरी पारित गरेको हो ।
सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने निर्णय उक्त अदालतले गरेको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङले भेटवार्ता गर्नुभएको छ ।