• २७ मङ्सिर २०८२, शनिबार

दुई लाखभन्दा बढीको सामान भन्सारमा बुझाइयो

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर २७ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले भन्सार छलेर ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।

भारततर्फबाट भन्सार छलेर ल्याइएको दुई लाखभन्दा बढी मूल्यको कपडा तथा किराना सामान भन्सार कार्यालयमा बुझाएको हो ।

कपडा, किराना र दैनिक उपभोग्य सामग्री समेत गरी दुई लाख ४२ हजार सात सय ५० रुपियाँ बराबरको सामान भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँले जिल्लाको विभिन्न स्थानमा रहेका प्रहरी युनिटले चेक जाँच गर्ने क्रममा भारततर्फबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको सो मूल्य बराबरको कपडा तथा किराना सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको बताउनुभयो ।