कर्णाली प्रदेशका दुई वटा विमानस्थलमा गर्ने भनिएको परीक्षण उडान फेरि स्थगित गरिएको छ । कालीकोटको सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थल गत शनिबार परीक्षण उडान गर्ने भनिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका र आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिप्रकाले मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
जापानले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ ।
१९औँ एसियाड अन्तगत महिला कबड्डीमा पदक जित्ने सम्भावना बलियो बनाएको नेपाल समूह चरणको दोस्रो खेलमा मङ्गलबार इरानसँग पराजित भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराउनुभएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्युरो (पीबीएस) ले जनाएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठक विद्युत विधेयकलाई पेस गर्ने कार्यसूची रहेको छ ।
पोखरा महानगरपालिका–११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागुऔषधको प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा जस्तै थियो ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले सरकार जनताप्रति भन्दा आफ्नो दल र नेता, कार्यकर्ताप्रति बढी उत्तरदायी हुँदा जनअपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् ।
कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज (मङ्गलबार) दिउँसो २ बजे बस्ने गरी तय भएको छ ।
तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दैछ । एक महिनाभन्दा बढी समयपछि मङ्गलबार प्रदेश सभाको बैठक बस्न लागेको हो ।