नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
दिगो विकासको माध्यमद्वारा मानिसको पूर्ण जीवनको अधिकार सुरक्षित गर्नु आजको सभ्य समाजको चाहना हो । कुनै पनि नागरिकको मानव जीवनचक्र अनुसारको प्राकृतिक मरणबाहेक अन्य कारणले मरण नहुनुलाई पूर्ण जीवन भन्न सकिन्छ । पूर्ण जीवन प्राप्त गर्नका लागि सर्वप्रथम मान्छे–मान्छे र मान्छे तथा प्रकृतिबिचको द्वन्द्व समाप्त हुनु पर्दछ । त्यससँगै विशेषतः मान्छे, माटो र पानीबिचको सम्बन्धलाई गौरवमय, पे्रममय र प्रकृतिजन्य बनाई जीव र जगत्को पानीसँगको सम्बन्धलाई गाढा बनाउनु आवश्यक छ । नेपालले यस कार्यलाई मूलमन्त्र बनाई सिद्धान्त, नीति र व्यवहारको विकाससमेत त्यसैमा ढाल्नु पर्दछ ।
संसारमा निर्विकल्प कोही र केही छैन र असम्भव कुनै कुरा हुँदैन भन्ने भाष्य निर्माण भएका कारण असम्भव जस्ता लाग्ने कुरा सम्भव भएको हो । चन्द्रमामा मान्छे पुगेको हो । अनेक ग्रहको खोजी गरेर त्यहाँ बस्ती बसाल्ने सम्भाव्यताको खोजी गरिएको हो । विश्वको तीव्र विकास मान्छेको असन्तोषी, उग्र महìवाकाङ्क्षी स्वभाव र विकल्प खोज्ने अभीष्टले भएको मानिन्छ । अतः निर्विकल्प भन्ने कुरा हुँदैन ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
सुन्दा अच्चम लाग्न सक्छ तर सत्य घटना हो, कालीकोटको कोटवाडामा भर्खरै सम्पन्न भएको सुनथराली एयरपोर्ट ३८ वर्ष लगाएर निर्माण सम्पन्न भएको छ । २०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको बजेटबाट शिलान्यास भएको सुनथराली एयरपोर्ट झन्डै चार दशक लगाएर निर्माण सम्पन्न भए पनि यहाँ हवाईजहाज आउने अत्तोपत्तो छैन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ [उत्तरी] आधार शिविरमा शरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको शरद्याममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।
मौरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका–३, जाबुनेमा खिमा पुनले मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाउनुभएको छ । परम्परागत रूपमा मुढे घारमा मौरी पाल्दै आउनुभएका पुनले केही वर्षअघिदेखि आधुनिक घारमा मौरीपालन गर्न थाल्नुभएको हो ।
जापानका कलाकार क्योयुको रिकोले चित्रकलामा अन्नको प्रयोगले रङ भर्नुभएको छ । जुन कला धेरैका लागि आकर्षणको केन्द्र बन्न पुग्यो । उहाँले धानका एकनासका दानालाई रङ्गाएर जापानी महिलाले प्रयोग गर्ने परम्परागत पहिरन, कुखुराको भाले, फुजी हिमाल बनाउनुभएको छ । त्यसै गरी सोही माध्यमबाट रिकोले जापानी गाउँको परम्परागत घर, प्राकृतिक सुन्दरताले सम्पन्न गाउँबस्तीको निक्कै आकर्षक चित्र बनाउनुभएको हो ।
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबारनै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्नु भएको चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहूर्त गरी छायाङ्कन सुरु भएको हो । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन हुने छ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायाङ्कन सुरु भएको हो ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गायक राजेश बर्देवा र गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रियकुमारको सङ्गीत रहेको गीतको एरेन्ज केशव बडूले गर्नुभएको हो । गीतको भिडियोमा अभिनेतृ प्रियङ्का कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ ।
दसैँको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकबाट एक करोड ८५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । असार १६ देखि असोज १६ सम्म निकुञ्ज प्रवेश रोक लगाएर खुलेलगत्तै जङ्गल सफारीबाट राजस्व सङ्कलन गर्न सफल भएको हो । दसैँमा निकुञ्ज प्रवेश गर्ने वृद्धि भएसँगै राजस्व बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म निकुञ्ज प्रवेश गर्नेबाट एक करोड ८५ लाख ४४ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको हो । विदेशी पर्यटकबाट मात्रै एक करोड २० लाख रुपियाँ सङ्कलन भएको छ । यस अवधिमा छ हजार ४८ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्रमा सुधार आउँदै गरेको उल्लेख गर्नुभएको छ । नेपाल जनसम्पर्क समिति लन्डनले बेलायतमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रको सुधारसँगै लगानीको वातावरणमा समेत सुधार आएको बताउनुभएको हो ।