प्लान इन्टरनेशनल नेपालले जाजरकोट र रुकुमपश्चिम जिल्लाको भूकम्प प्रभावित पाँचसय परिवारमा गैर खाद्य सामग्री वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०२३–२४ (जुलाई २०२३ देखि जुन २०२४) को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका पदाधिकारीहरुको सात दिन बराबरको तलब सहयोग उपलब्ध गराउने भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यवासिनी बाहिनीको आयोजनामा नेपाल र भारतका डीआइजीस्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ ।
सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनाका लागि सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।
नवलपुरमा व्यावसायिक रुपमा गरिएको फूल र मालाको मूल्य निर्धारण कायम गरिएको छ । कावासोती नगरपालिकामा आयोजित सरोकारवालको बैठकले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुलने भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरुको सहयोगमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको हो ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– ४ ठाना सिमतलीमा बोलेरो जीप दुर्घटना हुँदा चार खेलाडी घाइते भएका छन् ।
हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ ।
विभिन्न मितिमा हराएका १८ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २१ लाख रुपियाँ हस्तान्तरण गरेको छ। फाउन्डेसनका अध्यक्ष अशोक अग्रवालले शुक्रबार गृह मन्त्रालयमै आएर सो सहयोगको चेक उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो।
गाउँपालिकाको लगानीमा गाउँपालिका क्षेत्रभित्र पाइने जडीबुटीको प्रयोग र उपचार गर्ने गरी गाउँपालिका–५ स्थित ठाडेचुरीमा आयुर्वेद औषधालय भवन निर्माण गरिने भएको हो ।