बाराका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन शिक्षक योगेन्द्र प्रसाद यादवविरुद्ध १६ लाख ९२ हजार २६९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ–अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएको छ ।
गण्डकी प्रदेश सरकारले २५ पालिकामा खेल मैदान बनाउन सघाउने भएको छ । प्रदेशका ८५ पालिकामध्ये छानिएका २५ पालिकामा ‘एक पालिका, एक खेल मैदान’को अवधारणामा प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सहयोग गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाइमार्फत् गाउँपालिकाले नौं बुँदे साझा प्रतिबद्धता समेत घोषणा गरेको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भारत–अमेरिका द्विपक्षीय सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्येको एक भएको बताउनुभएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका-३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन । व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो ।
तिहारको समयमा मकवानपुरमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ ।
नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित तीन जनाविरुद्ध एक लाख २५ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्षरुपमा प्रभावित सञ्चारकर्मी र सञ्चार माध्यमको राहतका लागि २५ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो ।
धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो ।
जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुनचौपारी–१ सहेले सडक आठौं दिनामा खुलेको छ ।
गाउँ पसेको दुर्लभ अजिङ्गरको उद्धार गरिएको छ । गएराति कैलारी गाउँपालिका–५ स्थित बिसनपुर गाउँमा पसेको अजिङ्गरको उद्धार गरिएको हो ।
दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यति बेला भ्याइनभ्याइ छ ।