बागलुङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका –४ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तीव्रता लिएको छ । विस्तारका कारण सवारी आवागमनमा असुविधा भए पनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ ।
चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । ‘क्यानभासमा हिमाल’ शीर्षकमा मर्स्याङ्दी गाउँपालिकाको सभाहलमा गरिएको प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् ।
जलवायु उत्थानशील योजना निर्माणमा स्थानीय सरकारहरुले चासो दिन थालेपछि विपद् व्यवस्थापन सहज र प्रभावकारी भएको छ ।
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कांग्रेस जाजरकोटले पाँच जनाको नाम सिफारिस गरेको छ । जाजरकोट सदरमुकाम खलङ्गामा बसेको पार्टीको बैठकले उम्मेदवार सीफारीसको निर्णय गरेको जनाइएको छ ।
घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको नेत्रलाल स्मृति भवनको निर्माण काम सम्पन्न भएको छ । भवन निर्माणको सकिएपछि समुदायलाई हस्तान्तरण गर्ने तयारी भएको छ ।
अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा तीनदिने निःशुल्क आँखा उपचार स्वास्थ्य शिविर सुरु भएको छ ।
गुल्मीबाट नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट राष्ट्रियसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
लहान वडा नम्बर १० स्थित सामुदायिक जेएस मुरारका बहुमुखी क्याम्पस लहान भौतिक पूर्वाधार शैक्षिक सुधारमा पडको मार्न थालेको छ ।
थारु समुदायमा गाउँघरमा आईपर्ने साना तिना समस्या समाधानका लागि होस या सामूहिक कार्यका लागि बडघर(भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।
नारायणगढ–बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपुर खण्डमा अब एउटा मात्रै पुल निर्माण गर्न बाँकी छ । नवलपुर खण्डको गैँडाकोटदेखि दाउन्नेको पैँसट्ठी मोडसम्मको ६५ किलोमिटर क्षेत्रमा पर्ने ३४ वटा ठुला पुलमध्ये ३३ वटा पुल निर्माणको काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
दोलखाको जिरी नगरपालिकामा चिनियाँ सरकारको अनुदान सहायतामा निर्माण गरिएको जिरी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।