शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सहदेव बस्नेत
जाजरकोट, मङ्सिर २६ गते । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कांग्रेस जाजरकोटले पाँच जनाको नाम सिफारिस गरेको छ । जाजरकोट सदरमुकाम खलङ्गामा बसेको पार्टीको बैठकले उम्मेदवार सीफारीसको निर्णय गरेको जनाइएको छ ।
नेपाली कांग्रेस जाजरकोटका प्रवक्ता छवि पन्तका अनुसार प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ महेन्द्रबहादुर शाह, खड्कबहादुर बुढा, मुक्तिप्रसाद आचार्य, मैना कार्की र रामजंग शाहको नाम सिफारिस भएको छ ।
यस्तै, समानुपातिकतर्फ रामछाया शाही, हजारी नेपाली बादी, भुमिलाल रोकाय, जनक बादी र बिष्णु गिरीको नाम सिफारिस गरिएको छ । यस्तै, राष्ट्रियसभा सदस्यका लागि दिपकजंग शाह, खम्बजंग शाह र गीता नेपालीको नाम सिफारिस गरिएको पन्तले जानकारी दिनुभयो ।