नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिले चिनी मिलहरूलाई तत्काल उखु क्रसिङ सुरु गर्न र सरकारलाई उखु किसानलाई उपलब्ध गराउनुपर्ने बाँकी अनुदान रकम तत्काल निकासा गर्न माग गरेको छ ।
नागढुङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ । कालोपत्रेसहितको स्तरोन्नति गर्न नागढुङ्गा–मुग्लिङ सडक आयोजनाले बुधबारदेखि पुस १ सम्म दैनिक पाँच घण्टा यातायात बन्द गरेर कामलाई गति दिएको हो ।
एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अबैध ९१ किलोग्राम गाँजा बिहीबार बरामद गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।
कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरुलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयमा दैनिकजसो चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट दैनिकजसो विद्युतीय सवारीसाधनसहित अन्य उपकरण तथा सामान बोकेका मालबाहक ट्रक र कन्टेनरहरू भित्रिरहेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ ।
म्याग्दे गाउँपालिका–२, उमाचोकका कृषक शुकनारायण श्रेष्ठका लागि सुन्तलाको बोटले सुन फलाए सरह भएको छ । “पहिले सौखका लागि पालिएको सुन्तला अहिले सुन सरी भएको छ,’’ यस वर्ष सुन्तला बेचेर ६५ लाख रुपियाँ हात पारेका श्रेष्ठले भन्नुभयो । उहाँ जिल्लाकै नमुना सुन्तला कृषकको रूपमा चिनिनुहुन्छ ।
दार्चुलाको व्यास घोडेटो बाटो निर्माणमा विगत नौ वर्षमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गरेर कुल नौ करोड ३० लाख ५६ हजार ३७२ रुपियाँ खर्च भएको छ ।
सामाजिक विकास कार्यालयले डिजिटल प्रविधि जडानसहित सेवा प्रदान गर्न सुरु गरेको छ । कर्णाली प्रदेशअन्तर्गतका दस वटै जिल्ला मध्य सामाजिक विकास कार्यालय हुम्ला पहिलो प्रविधि मैत्री भएको हो ।
तीन महिनाअघि भदौ २३ र २४ गते नेपालमा भएको दुईदिने युवापुस्ता (जेनजी) को आन्दोलनले वैधता पाएको छ । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे ऐतिहासिक सम्झौतासँगै नेपाल नयाँ चरणमा प्रवेश गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी अभियानका तर्फबाट सहिद परिवारका सदस्य