खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा निर्माणाधीन अस्पतालमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ चिसापानीमा निर्माण भइरहेको १५ शøयाको अस्पताल भवनमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग भएको पाइएको हो ।
हरेक दिन बिहानै उठेर मनतातो पानी कम्तीमा एक–डेढ गिलास र बढीमा तीन–चार गिलास पिउने गरेमा हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुग्छ । अचेल चिकित्सक र जनस्वास्थ्य विद्हरूले राति सुत्नुअघि पनि मनतातो पानी एक–डेढ गिलास पिउन सल्लाह दिने गरेका छन् । हाम्रो शरीरमा पानीको ज्यादै महत्व रहेको छ तर पनि हामीले बिहान उठेर खाली पेटमा मनतातो अथवा चिसै पिउन सक्नेले चिसै भए पनि पानी पिउन खोज्दैनौँ, किन ?
बागलुङ जिल्लाको मध्यभागमा रहेको ताराखोला गाउँपालिका साबिकका अर्गल, अमरभूमि, हिल र तारा गाविसलाई समावेश गरेर बनाइएको हो । ताराखोला गाउँपालिका ढुङ्गा खानीका रूपमा परिचित छ । यो कृषि, पशुपालन र जलविद्युत्मा पनि राम्रो सम्भावना भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष धनबहादुर विश्वकर्मासँग गोरखापत्रका समाचारदाता ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गर्नुभएको हो ।
रातु नदी ठेक्काको विषयलाई लिएर विरोध, बहस र विवाद चलिरहेको बेला बर्दीबास नगरपालिकाले उत्खनन क्षेत्रको अनुगमन गरेको छ । नगर प्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, नगरपालिकाका प्राविधिक, सञ्चारकर्मी एवं सर्वसाधारण सम्मिलित टोलीले उत्खनन क्षेत्रको बुधबार संयुक्त अनुगमन गरेको हो ।
पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो ।
तानसेनलाई ढाका कपडाको राजधानी घोषणा गरिएको दुई वर्षमा पनि उत्पादनलाई प्रोत्साहन गर्ने खालका केही कार्यव्रmम ल्याइएको छैन । २०७८ साल चैत १२ गते तानसेनलाई ढाकाको राजधानी घोषणा गरिएको थियो । ढाकाको राजधानी घोषणा गरेपछि ढाकाका कपडा उत्पादनमा वृद्धि हुने र ढाकाका कपडाको उपयोगबारे नीति बन्ने अपेक्षा व्यवसायीको थियो । ढाकालाई ब्रान्डिङ गर्न ‘राजधानी’ घोषणा गरिए पनि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट कुनै सहयोग नपाएको उद्योगीले बताएका छन् । तानसेनस्थित पौड्याल ढाका उद्योगका सञ्चालक मनोज पौडेलका अनुसार सो घोषणापछि ढाका कपडा व्यवसायीले प्रशिक्षण, प्राविधिक सहयोग, तालिम केन्द्रको व्यवस्थालगायत सहयोगको अपेक्षा गरिएको थियो ।
म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।
संवैधानिक रूपमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क भनिएको छ तर सरकारी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवाका लागि नाम लेखाउनसमेत पैसा तिर्नुपर्ने बाध्यता छ । पुस १७ गते प्रदेश अस्पताल सुर्खेतमा ७१ वर्षीय वृद्ध आमा छोराको पर्खाइमा हुनुहुन्थ्यो । उपचारका लागि ओपिडी सेवाको कार्ड बनाउने नाम लेखाउन टोकन लिएर बस्नुभएको थियो । ६६ नम्बरको टोकन लिएर बसे पनि टिकटका लागि २५ रुपियाँ नहुँदा पालो २१५ नम्बरमा पुगिसकेको थियो । कार्ड लिनका लागि खुद्रा पैसा ल्याउन सूचना टाँस गरिएकाले कतिपयले हजार, पाँच सयको नोट साट्दै हिँडेको पनि काउन्टरमा देख्न सकिन्छ । सेवाप्रदायक संस्थाले सेवाग्राहीलाई सहज सेवा दिनुपर्नेमा खुद्रा ल्याउन भन्दै उल्टै दुःख दिइरहेको पाइन्छ ।
वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट घर चलाउन सजिलो भए पनि तनहुँमा ज्यान गुमाएर आँसु बगाउने परिवार पनि थुप्रै छन् । एक वर्षको अवधिमा तनहुँबाट वैदेशिक रोजगारीमा गएका १८ जना पुरुषले ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो ।
जाजरकोट भूकम्पको दुई महिनासम्म अधिकांश पीडित त्रिपालमै बस्न बाध्य भएका छन् । भूकम्पमा रुकुमपश्चिमका ५३ जनाको मृत्यु भएको थियो । करिब ३२ हजार घरपरिवार घरबासविहीन भएका थिए । भूकम्पपछि खोज, उद्धार, उपचार र राहत वितरणको काम प्रभावकारी भए पनि अस्थायी आवास निर्माणको काममा ढिलाइ भइरहेको छ । दुई महिनासम्म त्रिपालमै बस्नु परेको भूकम्पपीडितको गुनासो रहेको छ । स्थानीय सरकार अस्थायी आवासमै केन्द्रित भएको बताइन्छ ।
गुड (सखर) का लागि प्रसिद्ध बैतडी जिल्लामा पछिल्लो समय गुड पाउन मुस्किल हुन थालेको छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा गुड पकाउने चलन हराउँदै गएको छ । स्थानीय सरकारले गुड उत्पादनमा प्रोत्साहन नगर्दा यस कामप्रति कसैले चाँसो नदिएको स्थानीयवासी बताउँछन् । विगतका वर्षमा ३० ताउला उखु पेल्दै आउनुभएका सिगासका लालमणि भट्टले यो वर्ष पाँच ताउला गुड तयार भएको बताउनुभयो ।
बोलीचालीको भाषामा महिला वर्गलाई एकमुष्ट सम्बोधन गर्नुपर्दा ‘आधा आकाश’ भनिने गरिएको छ । पारिवारिक संरचनामा नारी–पुरुष एक रथका दुई पाङ्ग्रा जस्तै हुन् । एउटाबिना अर्कोको अस्तित्व रहँदैन । परम्परागत सामाजिक संरचनामा नेपाली महिलाको भूमिका सीमित गरिएका कारण समग्र देशकै आर्थिक तथा सामाजिक क्षेत्रमा वाञ्छित रूपान्तरण गर्न सकिएन । महिलाको प्रभावकारी भूमिकाबिना नेपाली समाजले उन्नतिको छलाङ मार्न सक्दैन भन्ने स्पष्टै छ । फलस्वरूप राज