इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिका-१ का चार वटा टोलमा सिँचाइका निम्ति कुलो निर्माण गरिएका हुन् ।
नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन) का विषयमा परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई छलफलका लागि बोलाएको छ ।
नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) हरू आफूहरूमाथि अन्याय र भेदभावपूर्ण व्यवहार भएको दाबीसहित न्यायको याचना गर्न सर्वोच्च अदालत पुग्नुभएको छ ।
बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पक्राउ परेका छन् ।
किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरिरहनुभएका एक अधिकृतसहित चार कर्मचारीलाई सम्मान गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप प्रदेश सरकारले आफ्नो कामकाज अगाडी बढाएको बताउनुभएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी वासस्थान निर्माण गरिनु नहुने धारणा राख्नुभएको छ ।
गोरखापत्र संस्थानका सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई आज संस्थान व्यवस्थापनले कार्यालयमा स्वागत गरेको छ । संस्थानका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकसहित संस्थानका कर्मचारीले उहाँहरूलाई स्वागत गर्नुभयो ।
जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर-पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् ।
पाल्पाली समाज युएईले आगलागी पीडितलाई एक लाख रुपियाँ सहयोग प्रदान गरेको छ । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका पाल्पालीको साझा संस्था पाल्पाली समाजले निस्दी गाउँपालिका –३ क्याङ्गरुङ्ग गिन्चिसका श्यामबहादुर पल्लीको परिवारलाई रकम सहयोग गरेको हो ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेशले तीन सिटका लागि नौ जनाको नाम सिफारिस गरेको छ।
लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो ।
मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका-१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरि दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
पोल्यान्डका विदेशमन्त्रीले बुधबार सहयोगीसमक्ष युक्रेनका लागि लामो दूरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गर्नुभएको छ ।
“तरकारी खेती गर्न थालेदेखि हामी यसैको मलजल र गोडमेलमा यति व्यस्त हुन्छौँ कि हामीलाई दिन बितेको पत्तै हुँदैन”, यो भनाइ हो-बाँकेको डुडुवा गाउँपालिका-६ असमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका बाल बन्दीहरुको ।