• २६ मङ्सिर २०८२, शुक्रबार

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम उपाधि

blog

उपाधि विजेता टोली ।

काठमाडौँ, मङ्सिर २५ गते । आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ । ललितपुरमा बिहबिार भएको फाइनलमा दोलखा चेस होम्सले दोलखाकै जिल्ला सङ्घलाई हरायो ।

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न प्रतियोगिातमा जितसँगै ६ खेलमा जित र एक हारको नतिजा निकालेको दोलखा चेस होम्सले १२ अङ्क प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर राष्ट्रिय च्याम्पियन बन्यो । 

उपविजेता दोलखा जिल्ला सङ्घले पाँच जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै १२ अङ्कसहित १९.५ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्‍यो ।

ललितपुर महालक्ष्मी नगरपालिका टिमले चार जित, दुई बराबर र एक खेलमा हार खेप्दै १० अङ्कसहित तेस्रो भयो ।

प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने टोलीले उपाधिसहित क्रमश: दुई लाख, एक लाख र ६० हजार रुपियाँ पुरस्कार पायो । ब्यक्तिगत स्पर्धामा उत्कृष्ट पाँच खेलाडीले जनही १० हजार रुपियाँ प्राप्त गरेका छन् । 

विजेतालाई ललितपुर महानगरपालिकाका पूर्व उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष हेराकाजी महर्जन, क्यास्पियन कलेजका प्रिन्सिपल प्रनिष पाण्डे, महासङ्घका उपाध्यक्ष माधवप्रसाद प्रधान, कोषाध्यक्ष तारा बहादुर रानाभाटलगायतले पुरस्कार प्रदान गर्नुभयो ।