• २६ मङ्सिर २०८२, शुक्रबार

एपिएफ भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग बराबरीमा रोकियो

blog

बल खोस्ने प्रयास गर्दै एपिएफ र ट्रान्सपोर्टका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, मङ्सिर २५ गते । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिपमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले नेपाल एपिएफ क्लबलाई बराबरीमा रोकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा एपिएफ ट्रान्सपोर्टसँग गोलरहित बराबरीमा रोकिएको हो ।

एपिएफले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । एपिएफले पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोर्ट्स क्लबविरुद्ध ४–० गोलको जित निकालेको थियो ।

एपिएफले अब २७ गते पाकिस्तानको कराँचीसँग र लिग चरणको अन्तिम खेल पुस २ गते भारतको इष्ट बङ्गाल क्लबसँग खेल्ने छ । लिगको शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ ।