भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरले निजामती सेवामा सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताउनुभएको छ ।
न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ ।
दक्षिण कोरियाको गाङवनमा आयोजना हुने चौथो शीतकालीन ओलम्पिक यूथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले खेल पोसाक प्रायोजन गरेको छ ।
धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा पाँच दिन धरान उत्सव मनाइने भएको छ।
सहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरूलाई आफ्नो पदीय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ ।
फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाउनुभएको थियो । उहाँले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाउनुभयो ।
रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगले विद्युत् काटिएका उद्योगको लाइन पुनः निःशर्त जडान गर्न माग गरेका छन्। उनीहरूले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएमा १९ वटा उद्योग एकैसाथ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
एसी मिलान कोपा इटालिया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा एसी मिलानले काग्लियारीलाई ४–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरमा प्राङ्गारिक प्रक्रियाबाट लगाइएको गाजरमा उम्रिएको झार गोड्दै किसान । यहाँ तीन जना किसानद्वारा संयुक्त रूपमा चार बिगाहा जमिनमा गाजर लगाइएको छ ।
छत्रकोट गाउँपालिकाले अति विपन्न २४ जनालाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । गाउँपालिकाभित्रका २४ जना विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०–७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीहरूले गरेका छन् ।
दाङको घोराही उपमहानगरपालिका–५ स्थित नैनवारवासी थारु महिला पशु चौपायाका लागि बारीबाट घाँस काटेर ल्याउँदै ।
साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनूदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ ।
गुल्मीमा रुख काट्नेक्रममा एक जना व्यक्ति घाइते हुनुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ५२ वर्षीय पूर्णबहादुर पचभैया घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
यही पुस २० गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल बुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । पुस २० गते शुक्रबारबाट सुरु हुने मेला २२ गते आइतबारसम्म तीन दिन सञ्चालन हुनेछ ।