वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्र रुपमा भएको नेताहरुको भनाइ छ ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुनेगरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्नुहुने भएको छ ।
धनुषाको मिथिला नगरपालिका–९, बडहरीमा राँगा काट्न आफैले प्रहार गरेको बञ्चरो उछिट्टिएर एक जनाको मृत्यु भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको अधिवेशन असारमा हुने भएको छ । सङ्घका अध्यक्ष देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सङ्घको केन्द्रीय अधिवेशन असार भित्र सम्पन्न गर्ने तय गरेको हो।
पत्रकार महासंघ झापाले पत्रकारलाई आपत्–बिपतमा सहयोगका लागि एक करोड रुपियाँको अक्षयकोष बनाएको छ । पत्रकार तथा विभिन्न संस्था, ब्यक्तिको सहयोगमा एक करोडको उपचार कोष बनेको हो ।
अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगी संस्थाको रूपमा आइओएफटिसी नेपाल स्थापना भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पूर्वबाट कम्युनिष्ट दलहरूको एकताको आधार तयार हुँदैगएको बताउनुभएको छ ।
अर्जुन चौपारी गाउँपालिका–६ बजारमारा खेल मैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको पुरुष भलिबलको उपाधि मिलन युवा क्लब ओरस्टेले जितेको छ ।
नेपाल सद्भावना पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्ने सहमति भङ्ग गरेको छ । सोमबार सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले जारी गर्दै नाउपासँग पार्टी एकीकरण गर्ने सहमति भङ्ग गरेको बताउनुभएको छ ।
डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले नवनियुक्त दुई सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ ।
इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौँ सूर्योदय सडक महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारबाट पाँचौँ संस्करणको सूर्योदय सडक महोत्सव सुरु भएको हो ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
गुल्मीमा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका– १ पौदीको जङ्गलमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।