• २७ मङ्सिर २०८२, शनिबार

नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रण

blog

जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको ट्याक्टरहरु । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, मङ्सिर २५ गते ।
मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ ।

जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने १३ वटा ट्याक्टर मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ  ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा/बालुवा) उत्खनन तथा ओसारपसार गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका ट्याक्टरमा ना. ५ त ७१८६, बा.प्र.०३–००१ त ३९९, प्रदेश २–०३–००१ त ४१०८, ना.७ त २०६४, ना. ६ त ३५६६, ना. ३ त १४७५, ना. ६ त ९८९९, बा.प्र.०३–००१ त ४७४, ना. ७ त १३३, बा.प्र.०३–००१ त ४४४, ना. ४ त ४०४९, प्र.२–०३–००१त ६७६८ र प्र २–०३–००१ त ६४८० नम्बरको ट्याक्टर रहेको प्रहरीले जनाएको छ ।