स्थानीय निकायले जलविद्युत् आयोजनासँग मनोमानी कर मागेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकले मङ्गलबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको ध्यानाकर्षण गराएका छन् । हालै सोलु कोरिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन आयोजनामा सोलुदुधकुण्ड नगरपालिकाले कानुनविपरीत पत्र काटेरै कर मागेको गुनासो स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानमा गुनासो गरेका थिए । मङ्गलबार कोरिडोरका आयोजना प्रवर्धक कम्पनीका प्रतिनिधि र इप्पान अध्यक्ष गणेश कार्कीसहितको टोलीले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई भेटेर यो विषयमा ध्यानाकर्षण गराएको हो ।
सरकारले पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकस्तरको निर्णय अनुसार आवेदन दिने समय दुई दिन थप गरिएको हो ।
काठमाडौँ, पुस १९ गते । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले जिल्ला न्यायाधीश, न्याय, कानुन तथा सरकारी वकिल समूहका कर्मचारी र कानुन व्यवसायीबाट ३९ जनाको नाम सिफारिस गरेको हो । परिषद्को सिफारिसमा उच्च अदालतमा प्रधान न्यायाधीशबाट न्यायाधीशको नियुक्ति र पदस्थापन हुने व्यवस्था छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बिहीबार नेपाल आउँदै हुनुहुन्छ । यो उहाँको दोस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ विदेशमन्त्रीमा नियुक्त भएलगत्तै सन् २०१९ मा नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँ बिहीबार बिहान काठमाडौँ उत्रनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्रीको नेतृत्वमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित संयुक्त आयोगको बैठक आयोजना हु्ँदै छ । नेपाल भ्रमणको अवसरमा भारतका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुने छ ।
कैयौँ सफल अनुसन्धानका कारण प्रसिद्धि कमाएको धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले यतिबेला साख गुमाउँदै गएको छ । तरकारी र दलहनबाली, फलफूल तथा पशुपन्छीको नयाँ जात सिफारिस गर्नुका साथै बिउ उत्पादनमा निकै प्रगति गरेको यो केन्द्रको दुर्दशा आर्थिक र जनशक्ति कटौती हुन थालेपछि सुरु भएको हो । पूर्वी पहाडको कृषि विकासका लागि बेलायती सरकारको सहयोगमा २०२८ सालमा स्थापित केन्द्रलाई २०५५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । केन्द्र प्रमुख तीर्थराज रिजालले नेपाल सरकारको मातहतमा आएपछि कर्मचारी कटौती हुन थालेको र यसले गर्दा अनुसन्धानमा असर परेको जानकारी दिँदै भन्नुभयो, “केही समय राम्रैसँग सञ्चालन भयो । पछि क्रमशः बेवास्ता गरिन थालियो । अहिले त थलिँदै गएको छ ।” यसै केन्द्रका कारण पूर्वी पहाडमा धेरै कृषकलाई व्यावसायिक बन्न मद्दत मिल्नुका साथै यहाँको कृषि क्षेत्र नै फेरिन पुगेको छ । पाख्रीबासले अनुसन्धान गरेको पाख्रीबास कालो बङ्गुर, गिरिराज कुखुरा, खरी बाख्रा, विभिन्न तरकारी, दलहन तथा फलफूल अहिले पनि निकै लोकप्रिय छन् । नेपाली बजारमा कालो धराने बङ्गुर नामबाट प्रसिद्धि कमाएको यो जातको बङ्गुर केन्द्रले नै विकास गरेको हो । यसको वास्तविक नाम पाख्रीबास कालो बङ्गुर राखिए पनि धरानबाट यसले व्यावसायिकता पाएकाले धराने कालो बङ्गुरका नामले चर्चा कमाएको छ । कुनैबेला यसको पाठा लिन दुई वर्षसम्म पर्खिनुपर्ने हुन्थ्यो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ परेका छन् ।
हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले जनाएको छ ।
जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरूको मनोबल उच्च राख्न उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइएको छ ।
हिमाली क्षेत्रमा पाइने जैविक विविधता तथा वनस्पतिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न आवश्यक रहेकोमा जोड दिइएको छ। दिगो जैविक स्रोतका लागि एसियाली नेटवर्क (एनसाव) र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आयोजना गरेको एक कार्यक्रममा जैविक विविधताको संरक्षण र सदुपयोग आवश्यक भएकोमा जोड दिइएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्याधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । यसलाई भूतप उल्का वर्षा नाम दिइएको उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई थारु आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन प्रमुख शेरचनलाई बुझाउनुभएको हो ।
थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव हुनेभएको छ ।
हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द भएको छ। कुलेखानी-महालक्ष्मीखोला-चखेल-देउराली-मातातीर्थ-सतुङ्गल सडक र कुलेखानी-फाखेल-फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो। कुलेखानी-फाखेल-फर्पिङ सडक स्तरोन्नतिका लागि आगामी चैतसम्म बन्द गरिने भएको छ।
“पुस २३ गते उम्मेदवारी दिने सम्बन्धमा एमाले पार्टीको प्रतिनिधि रहेको ९ सिट छ। यो ९ सिटको बारेमा के गर्ने भन्नेमा सरसल्लाह भयो। सरसल्लाह टुङ्गिएको छैन।”
राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)लाई अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ।