• २६ मङ्सिर २०८२, शुक्रबार

बिरुवामा १६ सय विद्यार्थीको मुख तथा दाँतको निःशुल्क परीक्षण

blog

विद्यार्थीको मुख तथा दाँतको निःशुल्क परीक्षण गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २६ गते ।
बिरुवा गाउँपालिकामा एक हजार ६०७ जना विद्यार्थीको मुख तथा दाँतको निःशुल्क परीक्षण गरिएको छ ।

पालिकाले २०८२/०८३ को अध्यक्षसँग विद्यार्थी कार्यक्रमअन्तर्गत पालिकामा भित्र रहेका ३२ विद्यालयहरुका सम्पूर्ण विद्यार्थीहरुको मुख तथा दाँतको निःशुल्क परीक्षण गरिएको हो ।

मङ्सिर १९ देखि सुरु भएको मुख तथा दाँतको निःशुल्क परीक्षणमा प्राविधिक सहयोग विएम फाउण्डेशनले गरेको थियो ।

यहाँ छ जना चिकित्सक र एक जना जनस्वास्थ्य अधिकृत गरेर सात जनाको स्वास्थय टोलीले शिविरमा सेवा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरलले जानाकारी दिनुभयो ।

यहाँ १३० जनाको दातँ निकालिएको हो भने ४० जनाको दात भरेको स्वास्थ्य शाखा प्रमुख गोगनसिं थापाले बताउनुभयो ।

यस्तै, ५५ जनाको दात सफा गरिएको बताउदै थापाले पाँच जनामा मुखको समस्या रहेको थापाले बताउनुभयो । शिविरमा  ९० जनालाई थप उपचारको लागि रिफर गरिएको हो ।

शिविरबाट उपचार गर्नुपर्ने देखिएकाहरुलाई २४ र २५ गते पालिकामा उपचार गरिने अध्यक्ष सुर्य बहादुर कुँवरले बताउनुभयो । 
उहाँले अस्पताल सिफारिस हुनेहरुका लागि  न्यूनतम मूल्यमा उपचारको व्यवस्था हुने बताउनुभयो ।

अरनिको मावि विरुवाका कक्षा –७ का १२ बर्र्षी विद्यार्थी एडिसन थापाले आफ्नो दातमा समस्या भएको र गाउँमै सेवा पाएको बताउनुभयो ।

उहाँले एस्ता साना तिना स्वास्थ्य सेवा गाउँमै पाएको बताउँदै अबका दिनमा सक्दो ठुलो खालका उपचार पनि गाउँमै व्यवस्था गर्न आग्रह गर्नुभयो ।