• २६ मङ्सिर २०८२, शुक्रबार

मानव अधिकार संरक्षणमा हातेमालो आवश्यक

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, मङ्सिर २६ गते । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मानव अधिकार संरक्षण र प्रवर्धनमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । 

मानव अधिकारका लागि महिला एकल महिला, समूह कर्णाली प्रदेशले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘लोकतन्त्र र मानव अधिकार, कानुनको शासन र अन्तरपुस्ता न्यायको समर्थन’ विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि आवश्यक नीति, कानुन तथा संस्थागत सुधारमा  सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । 

जुनसुकै क्रियाकलाप गर्दा मानव अधिकारप्रति संवेदनशील बन्नुपर्ने उल्लेख गर्दै उहाँले मानव अधिकारको संरक्षण राज्यको दायित्व भए पनि हरेक व्यक्ति मानव अधिकारका सवालमा जिम्मेवार बन्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा सामाजिक विकासममन्त्री घनश्याम भण्डारीले समाज निर्माणमा एकल महिलाको भूमिका महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले समाज निर्माणमा एकल महिलाको भूमिका उल्लेख्य रहेको बताउनुभयो । उहाँले पितृसत्तात्मक नेपाली समाजमा एकल महिलाले भोग्नु परेको दुःखको स्मरण गराउँदै विगतको तुलनामा यसमा सुधार भएको बताउनुभयो । उहाँले एकल महिलालाई दयाभावले भन्दा पनि अधिकारका हिसाबले शक्तिशाली बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।