• २७ मङ्सिर २०८२, शनिबार

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ताप्लेजुङद्वारा तुम्याहाङको एकल नाम सिफारिस

blog

प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गर्नुहुँदै कांग्रे्रेस ताप्लेजुङका प्रवक्ता विश्व नाल्बो । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, मङ्सिर २७ गते ।
नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि जिल्ला सभापतिसमेत रहनुभएका तुम्याहाङको एकल नाम सिफारिस गरिएको हो ।

मङ्सिर २५ गते बसेको संयुक्त बैठक र २६ गते बिहान बसेको जिल्ला कार्यसमिति ताप्लेजुङको बैठकले तुम्याहाङको नाम सिफारिस गरिएको बुधबार पत्रकार सम्मलेन मार्फत कांग्रेस ताप्लेजुङका प्रवक्ता विश्व नाल्बोले जानकारी दिनुभयो ।

उहाँका अनुसार समानुपातिकतर्फ खुल्लामा कोशी प्रदेशका पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गाम र पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल तथा महिलातर्फ कल्पनादेवी सिटौलाको नाम सिफारिस गरिएको छ ।  

राष्ट्रिय सभातर्फ क्लष्टर अनुसार १० जनाको नाम सिफारिस गरिएको छ । यस्तै राष्ट्रिय सभामा खुल्लातर्फ मणि लामा, पदमसुन्दर पालुङ्वा, मात्रिकाप्रसाद शेर्पा, गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङ तथा अपाङ्गता भएका व्यक्तितर्फ तिलप्रसाद सुब्बाको नाम सिफारिस गरिएको छ ।  

महिलातर्फ लिलादेवी बोखिम, मात्रिकादेवी प्रसाईँ कार्की, गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको छ ।